समयमै सम्पन्न भयो श्री जनविश्वास कृषि सहकारीको छैठौं वार्षिक साधारण सभा
घोडाघोडी १० साउन २०८३ । कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं ८ को श्री जनविश्वास कृषि सहकारी संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा टेक बहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न गरेको छ । “एकका लागि सबै, सबैका लागि एक” भन्ने मूल नारासहित…
रुख ढल्दा ज्यान जोखिममा, जग्गा विवादले सुकुम्बासी बस्ती अन्योलमा
टीकापुर, ७ साउन // कैलाली जिल्लाको टीकापुर नगरपालिका–१ अन्तर्गत एकतानगर र विशालनगरका बासिन्दा वर्षायाममा रुख ढल्ने जोखिमका कारण जोखिमपूर्ण वसाई वस्न वाध्य भएका छन्। स्थानीयका अनुसार वर्षेनी बाढी र सुकेका रुख ढल्ने घटनाले जिउधनको क्षति हुने जोखिम बढ्दै गएको छ।…
रानीतालमा डुङ्गा सञ्चालन, घोडाघोडीको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम
घोडाघोडी,१ श्रावण २०८३ // कैलालीको घोडाघोडी नगरपालिका–१२ स्थित घोराही सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र रहेको कोटा सप्तरङ्गी पार्क नजिकैको रानीतालमा पर्यटकलाई थप आकर्षित गर्ने उद्देश्यले डुङ्गा सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। स्थानीय पर्यटनको विकास, पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने तथा…
पुरा एलपी ग्यास भएको सिलिण्डर बिक्री सुरु
काठमाडौं, ३१ अषाढ – नेपाल आयल निगमले आज बुधबार देखि पुनः साविककै १४.२ किलोग्राम एलपी ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट एलपी ग्यासको लोडिङ…
रामावि तारानगरको विव्यस गठनको दोस्रो भेलाबाट पनि अझै लागेन टुङ्गो ।
घोडाघोडी, २७ अषाढ // कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय माध्यमिक विद्यालय तारानगरको विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन प्रक्रिया अझै टुङ्गिन सकेको छैन। शनिबार आयोजित अभिभावकहरूको दोस्रो भेलाबाट पनि सदस्य छनोटमा सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको छ। यसअघि असार…
पुल नबन्दा सुक्टिकाँडा नदी तरेर विद्यालय जान बाध्य विद्यार्थी
घोडाघोडी, २७ अषाढ // कैलालीको घोडाघोडी नगरपालिका–६ र ८ जोड्ने सुक्टिकाँडा नदीमा पुल नहुँदा राष्ट्रिय माध्यमिक विद्यालय, तारानगरमा अध्ययनरत विद्यार्थीहरू बर्खायाममा ज्यानको जोखिम मोलेर नदी तरेर विद्यालय जान बाध्य भएका छन्।घोडाघोडी–८ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा वडा नं. ६ बाट दैनिक…
स्पष्टीकरणपछि पुनः सक्रिय देखिए डीएसपी प्रसन्नराज चौधरी, सडकमै चालकलाई ट्राफिक नियमको व्यावहारिक प्रशिक्षण
जनहित खबर घोडाघोडी २६ अषाढ २०८३ // कैलाली जिल्लाको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी स्पष्टीकरण प्रक्रिया पूरा गरेपछि पुनः सक्रिय रूपमा फिल्डमा देखिएका छन्। उनले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमै उभिएर सवारी चालकहरूलाई ट्राफिक…
बडिमालिका युथ क्लबको प्रथम अधिवेशन सम्पन्न, नया कार्यसमिति चयन ।
घोडाघोडी (कैलाली), असार २१ // “स्वस्थ युवा, सबल समाज : बडिमालिका युथ क्लबको अटल विश्वास” भन्ने मूल नारासहित कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा बडिमालिका युथ क्लबको प्रथम अधिवेशन सम्पन्न भएको छ। क्लबका संस्थापक अध्यक्ष नरेशजंग शाहीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सुदूरपश्चिम प्रदेशसभा…
घोडाघोडीमा खेलाडी, विद्यार्थी र विद्यालय सम्मानित, सङ्गीता विकलाई रु. १ लाख पुरस्कार
घोडाघोडी २० अषाढ // २२ औँ एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिप–२०२६ मा महिला ४०० मिटर दौडमा नयाँ राष्ट्रिय यु–२० कीर्तिमान कायम गरेकी कैलालीको घोडाघोडी नगरपालिकाकी खेलाडी सङ्गीता विकलाई घोडाघोडी नगरपालिकाले नगद रु. १ लाखसहित सम्मान गरेको छ। शनिबार आयोजित उत्कृष्ट विद्यालय,…
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी
दिपक बिक :रिपोर्टिङ बार्दिया, १९ अषाढ // सरकारले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारहरूलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण गर्ने अभियान बर्दिया जिल्लाबाट औपचारिक रूपमा सुरु गरेको छ। बर्दियाको बढैयाताल गाउँपालिका–४ खैरेनीमा २९ जना भूमिहीन दलित तथा सुकुम्बासी परिवारहरूलाई लालपुर्जा हस्तान्तरण…










