जनहित खबर

Janahit khabar

राजनितिक समाचार

प्रधानमन्त्री । केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत मध्यरातमा सार्वजनिक गरेको एक संक्षिप्त स्टाटसले देशभरि व्यापक चर्चा र चासोको विषय बनेको छ।

प्रधानमन्त्री शाहले लेखेका छन्, “केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।”प्रधानमन्त्रीको उक्त सन्देश सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको अर्थ र सन्दर्भलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ।

कतिपयले यसलाई सरकारभित्र देखिएका चुनौतीसँग जोडेर व्याख्या गरेका छन् भने केहीले प्रधानमन्त्रीले कुनै महत्वपूर्ण निर्णय वा कदमको संकेत गर्न खोजेको हुन सक्ने अनुमान गरेका छन्।यद्यपि प्रधानमन्त्री शाहले उक्त स्टाटस कुन घटनालाई लक्षित गरेर लेखिएको हो भन्नेबारे कुनै थप स्पष्टिकरण दिएका छैनन्।

त्यसैले स्टाटसको वास्तविक उद्देश्यबारे आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन।राजनीतिक विश्लेषकहरूले प्रधानमन्त्रीको यस्तो सन्देशले राजनीतिक वृत्तमा नयाँ बहस सुरु गराएको बताएका छन्।

उनीहरूका अनुसार आगामी दिनमा प्रधानमन्त्री कार्यालय वा सम्बन्धित निकायबाट थप धारणा सार्वजनिक भएमा यसको वास्तविक सन्दर्भ स्पष्ट हुन सक्नेछ।हाल सामाजिक सञ्जालमा प्रधानमन्त्रीको उक्त स्टाटस व्यापक रूपमा साझा भइरहेको छ भने समर्थक र आलोचक दुवैले आ–आफ्ना दृष्टिकोण सार्वजनिक गरिरहेका छन्।

तपाईँलाई यो समाचार पढेर कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोला

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *