A football player kicks the ball during the UEFA Champions League football match Lille vs. Copenhagen on August 29, 2012 at the Grand stade in Villeneuve d'Ascq, northern France. AFP PHOTO DENIS CHARLET

कैलाली ०९ कात्तिक २०८३। दीपावलीको अवसर पारेर कैलालीको घोडाघोडी नगरपालिका–५ मा प्रथम वडा सभापति कप २०८३ फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको युवा संगठनको आयोजनामा आगामी कार्तिक १५ र १६ गते दुईदिने फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिताबारे जानकारी दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी घोडाघोडी नगरपालिका–५ का सभापति पुष्कर बिष्टले वडाभित्रका युवा खेलाडीबीच प्रतिस्पर्धा गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

प्रतियोगिता घोडाघोडी नगरपालिका–५ स्थित देउकलिया राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा वडा नं. ५ भित्र बसोबास गर्ने खेलाडीहरूले मात्रै सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १२ हजार रुपैयाँ र द्वितीय हुने टोलीले नगद ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। दुवै टोलीलाई मेडल, प्रमाणपत्र तथा ट्रफीसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

दीपावलीको अवसरमा आयोजना हुन लागेको प्रतियोगिताले वडाका युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै आपसी सद्भाव, भाइचारा र खेलकुद संस्कृतिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *