जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

Month: July 2026

समयमै सम्पन्न भयो श्री जनविश्वास कृषि सहकारीको छैठौं वार्षिक साधारण सभा

घोडाघोडी १० साउन २०८३ । कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं ८ को श्री जनविश्वास कृषि सहकारी संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा टेक बहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न गरेको छ । “एकका लागि सबै, सबैका लागि एक” भन्ने मूल नारासहित…

रुख ढल्दा ज्यान जोखिममा, जग्गा विवादले सुकुम्बासी बस्ती अन्योलमा

टीकापुर, ७ साउन // कैलाली जिल्लाको टीकापुर नगरपालिका–१ अन्तर्गत एकतानगर र विशालनगरका बासिन्दा वर्षायाममा रुख ढल्ने जोखिमका कारण जोखिमपूर्ण वसाई वस्न वाध्य भएका छन्। स्थानीयका अनुसार वर्षेनी बाढी र सुकेका रुख ढल्ने घटनाले जिउधनको क्षति हुने जोखिम बढ्दै गएको छ।…

रानीतालमा डुङ्गा सञ्चालन, घोडाघोडीको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

घोडाघोडी,१ श्रावण २०८३ // कैलालीको घोडाघोडी नगरपालिका–१२ स्थित घोराही सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र रहेको कोटा सप्तरङ्गी पार्क नजिकैको रानीतालमा पर्यटकलाई थप आकर्षित गर्ने उद्देश्यले डुङ्गा सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। स्थानीय पर्यटनको विकास, पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने तथा…

सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा एमालेका चार मन्त्री बर्खास्त

कैलाली ३१ अषाढ २०८३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले) का चार जना मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्। बर्खास्त हुने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक…

पुरा एलपी ग्यास भएको सिलिण्डर बिक्री सुरु

काठमाडौं, ३१ अषाढ – नेपाल आयल निगमले आज बुधबार देखि पुनः साविककै १४.२ किलोग्राम एलपी ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट एलपी ग्यासको लोडिङ…

गणेश नेपालीको मृत्यु प्रकरणमा ९ बुँदे सहमति, छानबिन समिति गठनदेखि राहत र रोजगारीसम्मको व्यवस्था

राेसन रसाइली काठमाडौं, असार २८। काठमाडौं महानगरपालिकाको महानगरीय प्रहरी बलसँग सम्बन्धित घटनामा घाइते भई उपचाररत रहेका मृगु सोह गाउँपालिका–१, जलधाराका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा असार २६ गते निधन भएपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र…

रामावि तारानगरको विव्यस गठनको दोस्रो भेलाबाट पनि अझै लागेन टुङ्गो ।

घोडाघोडी, २७ अषाढ // कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय माध्यमिक विद्यालय तारानगरको विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन प्रक्रिया अझै टुङ्गिन सकेको छैन। शनिबार आयोजित अभिभावकहरूको दोस्रो भेलाबाट पनि सदस्य छनोटमा सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको छ। यसअघि असार…

पुल नबन्दा सुक्टिकाँडा नदी तरेर विद्यालय जान बाध्य विद्यार्थी

घोडाघोडी, २७ अषाढ // कैलालीको घोडाघोडी नगरपालिका–६ र ८ जोड्ने सुक्टिकाँडा नदीमा पुल नहुँदा राष्ट्रिय माध्यमिक विद्यालय, तारानगरमा अध्ययनरत विद्यार्थीहरू बर्खायाममा ज्यानको जोखिम मोलेर नदी तरेर विद्यालय जान बाध्य भएका छन्।घोडाघोडी–८ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा वडा नं. ६ बाट दैनिक…

स्पष्टीकरणपछि पुनः सक्रिय देखिए डीएसपी प्रसन्नराज चौधरी, सडकमै चालकलाई ट्राफिक नियमको व्यावहारिक प्रशिक्षण

जनहित खबर घोडाघोडी २६ अषाढ २०८३ // कैलाली जिल्लाको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी स्पष्टीकरण प्रक्रिया पूरा गरेपछि पुनः सक्रिय रूपमा फिल्डमा देखिएका छन्। उनले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमै उभिएर सवारी चालकहरूलाई ट्राफिक…

सुर्खेतमा निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ६३१ जनाले पाए सेवा

सुर्खेत, १५ असार — ह्याप्पी साेल्स (Happy Souls) र गोपाल निना फाउन्डेसन नेपालगञ्जको संयुक्त आयोजनामा सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित छिन्चु स्वास्थ्य चौकीमा सञ्चालन गरिएको एकदिने निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। असार १३ गते…