जनहित खबर

Janahit khabar

Month: August 2026

राजनितिक विचार समाचार

तितो बोल्दा जनताको मुख मिठो, खगेन्द्र सुनारको टिप्पणी

कैलाली २९ साउन २०८३ । सांसद खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राज्यमा एक हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको दाबी गरेका छन्।उनले भ्रष्टाचार, घोटाला र अनियमितताका विषयमा सार्वजनिक लेखा समितिले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताएका छन्।सुनारले सामाजिक सञ्जालमा…

शिक्षा समाचार

विव्यस गठनमा अन्योल : सहजीकरण नगरी तेस्रो अभिभावक भेला बोलाएको भन्दै उम्मेदवारको आपत्ति

घोडाघोडी २८ गते २०८३ // कैलालीको घोडाघोडी नगरपालिका–८ तारानगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन प्रक्रिया विवादित बनेको छ। दोस्रो अभिभावक भेलाबाट उम्मेदवारहरू छनोट भइसकेपछि उनीहरूबीच सहजीकरण नगरी विद्यालयले तेस्रो अभिभावक भेला बोलाएको भन्दै उम्मेदवारहरूले आपत्ति जनाएका छन्।…

मनाेरंजन समाचार

मानवताको सेवासँगै आयुष विश्वकर्माको १३औँ जन्मोत्सव साहरा घरमा

कैलाली, २५ साउन । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल्यमान्यतालाई आत्मसात् गर्दै आयुष विश्वकर्माले आफ्नो १३औँ जन्मोत्सव असहाय वृद्ध आमाहरूसँग मनाएका छन्। बर्दगोरिया गाउँपालिकामा अवस्थित सहारा घरमा पुगेर आयुषले त्यहाँ आश्रित वृद्ध तथा असहाय आमाहरूलाई खिर र…

समाचार

सामुदायिक एकता समाजको दोस्रो साधारण सभा सम्पन्न,

टीकापुर, २४ साउन । ‘सामुदायिक सहभागिता सहित अघि बढौँ, सामुदायिक एकता र सद्भाव कायम गरौँ’ भन्ने नारासहित सामुदायिक एकता समाजको दोस्रो साधारण सभा सम्पन्न भएको छ। टीकापुर नगरपालिका वडा नं १ एकतापुर मा समाजमा मेलमिलाप, आपसी सद्भाव तथा सामाजिक एकता…

सबै

नाप नक्सा भएको ३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए जग्गाधनी पुर्जा

समाचारदाता : दिपक बिक (टीकापुर) डडेल्धुरा, २३ साउन //सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका १२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा सुकुम्बासी समस्या…

शिक्षा समाचार

बाल अधिकार र समृद्धिका लागि सञ्चारकर्मीसँग अन्तरक्रिया

भजनी, २२ साउन । बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजनाअन्तर्गत यार्ड संस्थाले बालबालिकाको आवाजलाई सशक्त बनाउँदै बाल अधिकार तथा बाल समृद्धिका विषयमा सञ्चारकर्मीसँग छलफल तथा अन्तरक्रिया गरेको छ । मलवारा डल्फिन मिडिया मञ्चमा आबद्ध सञ्चारकर्मीहरूसँग भजनीमा आयोजित कार्यक्रममा…

राजनितिक समाचार

प्रधानमन्त्री । केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत मध्यरातमा सार्वजनिक गरेको एक संक्षिप्त स्टाटसले देशभरि व्यापक चर्चा र चासोको विषय बनेको छ। प्रधानमन्त्री शाहले लेखेका छन्, “केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा…

राजनितिक समाचार

टीकापुर टाउको र मुटु नभएको नगरपालिकाको आभास

टिकापुर, २१ श्रावण // “टाउको र मुटु नभएपछि सिङ्गो शरीर कसरी सञ्चालन हुन सक्छ?” भन्ने उखान अहिले टिकापुर नगरपालिकाको प्रशासनिक अवस्थासँग मिल्दोजुल्दो देखिएको छ। नगर नेतृत्व, कार्यवाहक नगरप्रमुखको जिम्मेवारी, सर्वोच्च अदालतको आदेश तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवासँग जोडिएका घटनाक्रमले नगरपालिकाको…

शिक्षा समाचार

शिक्षक नियुक्ति सेटिङमा पारदर्शिता नभएको आरोप

घोडाघोडी, कैलाली, २० साउन // घोडाघोडी नगरपालिका–८ जरहीस्थित श्री बालज्योति आधारभूत विद्यालयमा शिक्षक नियुक्ति प्रक्रियामा अनियमितता भएको आरोप लागेको छ । घोडाघोडी नगरपालिकाले विद्यालयलाई अनुदान स्वरूप एक जना शिक्षक उपलब्ध गराएपछि विद्यालय व्यवस्थापन समितिले पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो।…