जनहित खबर

Janahit khabar

सबै

नाप नक्सा भएको ३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए जग्गाधनी पुर्जा

समाचारदाता : दिपक बिक (टीकापुर)

डडेल्धुरा, २३ साउन //सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका १२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म जग्गाधनी पुर्जा पाउन सकेका थिएनन्।


त्यसपछि २०५५ साल पुस २६ गते पुनः सुकुम्बासी समस्या समाधान आयोगले प्रक्रिया अघि बढाए पनि पुर्जा वितरण हुन सकेन। विगतका आयोगबाट सुरु भएको काम अधुरै रहँदा खजुरानी र तुलाभाडी गाउँका स्थानीय लामो समयदेखि जग्गाधनी पुर्जाको पर्खाइमा थिए।
करिब ३८ वर्षअघि नापनक्सा भए पनि स्वामित्वको कानुनी प्रमाण पाउन नसकेका स्थानीयले लामो प्रतीक्षापछि जग्गाधनी दर्ता प्रमाणपुर्जा प्राप्त गरेका हुन्।

प्रकाशित २०८३ साउन २३ गते /// जनहित खबर

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *