विद्यालयको जग्गा खाली गराउन कडा कदम, विद्युत लाइन काट्ने निर्णय
घोडाघोडी ४ चैत्र २०८२— कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं. १ सुखड उत्तरपूर्वी बजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयको नाममा दर्ता श्रेस्ता कायम रहेको कित्ता नं. ७ घ २५१ अन्तर्गत १–१२–२ क्षेत्रफलको जग्गा खाली गराउन विद्यालयले कडा कदम चाल्ने निर्णय गरेको छ।…
भजनी १ लाई असार मसान्तभित्र बालमैत्री वडा घोषणा गर्ने सामूहिक प्रतिबद्धता
भजनी, ३ चैत्र २०८२, कैलालीको भजनी नगरपालिका वडा नम्बर १ लाई २०८३ साल असार मसान्तभित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्। वल्र्ड भिजन इन्टरनेशनल नेपाल र विकासका लागि युवा एकबद्धता (यार्ड) धनगढीको सहकार्यमा सञ्चालित बाल समृद्धिका…
दलित एकताको आवश्यकता, कैलालीमा जिल्ला स्तरीय दलित भेला सम्पन्न
कैलाली, २६ फागुन। “दलितको एकता आजको आवश्यकता” भन्ने मूल नारासहित कैलाली जिल्ला स्तरीय दलित अगुवाहरूको भेला बर्दगोरिया गाउँपालिका–१ मा सम्पन्न भएको छ। कार्यक्रममा कैलालीका १३ वटै स्थानीय तहबाट आएका दलित समुदायका अगुवा, अभियन्ता तथा सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।भेलाको…
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ
काठमाडौं, २६ फागुन — नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। फागुन २५ गते सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले उनीहरूलाई शपथ गराएका हुन्। संसद् सचिवालयका…
धनुषा–१ मा खारेज उम्मेदवारकै मत अग्रस्थानमा, मतपरिणाम अन्योलमा
जनकपुर, २४ फागुन — धनुषा क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी रहँदा खारेज भइसकेका उम्मेदवारले नै सबैभन्दा बढी मत पाएपछि मतपरिणाम अन्योलमा परेको छ। पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको चुनाव चिह्न घण्टी…
कैलाली–३ मा रास्वपा विजयी, जगतप्रसाद जोशी निर्वाचित
घाेडाघाेडी २४ फाल्गुन — कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगत प्रसाद जोशी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार २० हजार ३५९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरमान चौधरी…
राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना पार्टीकाे किल्ला भत्कायाे
काठमाण्डाै २३ फाल्गुन । प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणामले नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ। हालसम्म सार्वजनिक ताजा मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ र देशको पहिलो पार्टी बन्ने बलियो सम्भावना देखिएको छ। निर्वाचन आयोगले…
रामेछापमा निर्वाचन सामाग्री बोकेको जिप दुर्घटना, २ जनाको मृत्यु, ७ को उद्दार
रामेछाप १८ फाल्गुन — निर्वाचन सामाग्री तथा निर्वाचनमा खटिएका कर्मचारी बोकेको जिप रामेछाप नगरपालिका–२ सिरुबारीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रशासन स्रोतका अनुसार दुर्गम क्षेत्रतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई…
अफगा- र पाकिस्तानबीच बढ्दो सैन्य तनाव जलालाबादमा पाकिस्तानी जेट खसालियो, पाइलट पक्राउ
जलालाबाद, फागुन १७ — अफगानिस्तान र पाकिस्तानबीच बढ्दो सैन्य तनावका बीच शनिबार जलालाबादमा पाकिस्तानी लडाकु जेट खसालिएको अफगान पक्षले जनाएको छ। अफगान सुरक्षाकर्मीले जेटका पाइलटलाई जीवितै पक्राउ गरेको दाबी गरेका छन्। अफगान अधिकारीका अनुसार जलालाबादको प्रशासनिक क्षेत्र नम्बर ६ मा…
कैलालीमा रुखबाट खसेर ४७ वर्षीय पुरुषको मृत्यु
घोडाघोडी १२ फाल्गुन // कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ मैनापोखरीका ४७ वर्षीय अनिलबहादुर तारामी मगरको रुखबाट खसेर ज्यान गएको छ। फागुन ११ गते कुसुमघाट जंगलमा बाख्रा चराउन गएका बेला साजको रुखमा चढेर घाँस काट्ने क्रममा करिब ४० मिटर माथिबाट खसेर उनको…










