जोशीपुर १३ बैशाख २०८३ । कैलाली जिल्ला जोशीपुर गाउँपालिकामा जोशीपुर जेसिज वर्ष २०२६ को आयोजनामा एक दिने Pre-Induction & LOM Officer Training कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम जेसिज वर्ष २०२६ का अध्यक्ष जीवनलाल डगौराको अध्यक्षतामा सञ्चालन गरिएको थियो भने, कार्यक्रममा प्रमुख अतिथि सन्तोष पौडेल, कार्यक्रम संयोजक शिद्धराज जोशी, विशिष्ट अतिथि तथा प्रशिक्षक टेकराज रेग्मी, टीकापुर जेसिजका अध्यक्ष लक्ष्मण थापा, निवर्तमान अध्यक्ष भूमिसागर सुनार लगायत पत्रकार तथा प्रशिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य जेसिजको आधारभूत ज्ञान नयाँ तथा पुराना सदस्यहरूलाई प्रदान गर्नु रहेको थियो। कार्यक्रममा जेसिज के हो, यसको स्थापना, विकासक्रम तथा संगठनले समाजमा पार्ने सकारात्मक प्रभावका विषयमा प्रशिक्षण दिइएको थियो।
विशेषगरी युवाहरूमा व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकासका विषयमा अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो।
अध्यक्ष जीवनलाल डगौराले जेसिजमा आबद्ध सदस्यहरूलाई संगठनको मूल मर्म, भूमिका, दायित्व र कार्यशैलीबारे जानकारी दिनका लागि तालिम आयोजना गरिएको बताएका थिए। उनले यस्तो प्रशिक्षण अन्य स्थानमा शुल्क तिरेर लिनुपर्ने भए पनि ग्रामीण क्षेत्रलाई लक्षित गर्दै यसपटक निःशुल्क रूपमा सञ्चालन गरिएको उल्लेख गरेका थिए । साथै, सहभागीहरूका लागि यो महत्वपूर्ण अवसर भएको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गरेका थिए।
कार्यक्रमको समापनसँगै तालिममा सहभागी २५ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

भने उक्त कार्यक्रम सञ्चालक जोशीपुर जेसिज वर्ष २०२६ का महासचिव सन्तोष बिक ले गरेका थिए। उक्त आयोजित तालिममा जोशीपुरमा अवस्थित रहेको न्यु सरस्वती पुस्तक पसलले आर्थिक गरेका थिए।
प्रकाशित मिति १३ बैशाख २०८३ / प्रकासक रोसन रसाइली
यो समाचार पढेर तपाईँलाई कस्तो लाग्यो ?
