जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

मनोहराका सुकुम्बासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारमा सुकुम्बासी बस्ती हटाउने कार्य सुरु, सुरक्षा बलको ठूलो परिचालन

काठमाडौं । मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाउने कार्य आज बिहानदेखि सुरु गरिएको छ। बस्ती हटाउने अभियानका लागि भक्तपुरबाट खटिएका करिब १ हजार ३ सय नेपाल प्रहरी र ६ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार बस्तीका बासिन्दालाई आफ्ना घरटहरा स्वयं भत्काउन आज बिहान ९ बजेसम्मको समय दिइएको थियो। तोकिएको समयभित्र घरटहरा नहटाइएपछि काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली परिचालन गरी संरचना भत्काउने कार्य सुरु गरिएको हो।

उक्त क्षेत्रमा कुल ७ सय ७७ घरटहरा रहेको बताइएको छ। यसअघि शनिबार साँझ पनि सोही स्थानमा सात वटा ठूला पक्की घर भत्काइएको थियो। सो क्रममा बस्तीका केही व्यक्तिले अवरोध गर्नुका साथै सुरक्षाकर्मीमाथि आक्रमण गर्दा २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।
बस्ती हटाउने कार्यलाई लिएर स्थानीय र प्रशासनबीच तनावको अवस्था सिर्जना हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रशासनले शान्तिपूर्ण रूपमा अभियान सम्पन्न गराउने जनाएको छ।

प्रकाशित मिति १३ गते वैशाख २०८३ / प्रकाशक रोशन रसाइली

यो समाचार पढेर तपाईँलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *