जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

निर्माणाधीन टीकापुर कवर्ड हल ६० प्रतिशत सम्पन्न

टीकापुर १४ वैशाख २०८३//

कैलाली — टीकापुर नगरपालिका वडा नं. १ मा निर्माणाधीन टीकापुर कवर्ड हलको करिब ६० देखि ६५ प्रतिशत काम सम्पन्न भएको छ।
नगरपालिकाको बजेटबाट निर्माण भइरहेको उक्त कवर्ड हलको कुल लागत रु. २ करोड ६४ लाख ५० हजार ६५७.४५ (भ्याट बाहेक) रहेको छ।

निर्माण कार्य २०८१ साल फागुन २० गतेदेखि सुरु भई २०८३ साल भदौ २० गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित M/S Sashwat/Sitaram/Syarona JV, कोहलपुरसँग सम्झौता गरिएको छ।
सम्बन्धित निकायका अनुसार कवर्ड हल निर्माण सम्पन्न भएपछि यहाँ ब्याडमिन्टन, भलिबल लगायत विभिन्न इनडोर खेल गतिविधि सञ्चालन गरिनेछ।

नगरपालिकाले खेलकुदको विकास, युवाहरूको क्षमता अभिवृद्धि तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कवर्ड हल निर्माण गरिएको जनाएको छ। साथै, खेलप्रेमीहरूका लागि मनोरञ्जन तथा प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण थलोको रूपमा समेत विकास गरिने अपेक्षा गरिएको छ।

स्थानीयस्तरमा खेलकुद पूर्वाधार विस्तारसँगै युवाहरूलाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *