जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

Month: April 2026

लम्किचुहामा ट्याक्टर दुर्घटनामा परेर एक बालिकाको ज्यान गएको छ।

लम्किचुहा ३ बैशाख २०८२ // कैलाली जिल्ला लम्कीचुहा नगरपालिका–५ स्थित चौरीको भित्री सडकखण्डमा बुधबार राति भएको दुर्घटनामा ६ वर्षीया डिनल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार से १ त ८७५८ नम्बरको ट्याक्टरले घर नजिकै सडकमा…

बुलबुले पार्क: स्थानीय पर्यटकीय गन्तव्यको रूपमा उदीयमान आकर्षण

कैलाली — घोडाघोडी नगरपालिका वडा नं. १० मा अवस्थित बुलबुले पार्क पछिल्लो समय स्थानीय पर्यटकीय क्षेत्रको रूपमा तीव्र रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्य र रहस्यमय विशेषताका कारण यो पार्क आन्तरिक पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ। मिति १२/१२/२०८१…

नव वर्ष २०८३ मा टीकापुर पार्कमा आन्तरिक पर्यटकको घुइँचो

कैलाली — नयाँ वर्ष २०८३ को अवसरमा टीकापुर पार्क मा आन्तरिक पर्यटकहरूको उल्लेखनीय भीड देखिएको छ। स्थानीय तथा बाह्य जिल्लाबाट आएका हजारौं पर्यटकहरूले पार्क क्षेत्रमा घुमफिर, अवलोकन तथा मनोरञ्जन गरेका छन्। टीकापुर पार्क, जसलाई टीकापुर बृहत उद्यान तथा “बङ्गला” नामले…

सरकारी सूचना प्रकाशन सम्बन्धी निर्णय विवादित, संवैधानिक अधिकार उल्लंघनको बहस तीव्र

सरकारी सूचना प्रकाशन सम्बन्धी निर्णय विवादित, संवैधानिक अधिकार उल्लंघनको बहस तीव्र काठमाडौं, १ वैशाख — सार्वजनिक निकायसँग सम्बन्धित सूचनाहरू निजी सञ्चार माध्यममार्फत प्रकाशन तथा प्रसारण नगर्ने सरकारको निर्णय व्यापक आलोचनाको केन्द्रमा परेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १८ चैतमा जारी…

नव वर्ष वि.सं. २०८३: काे भौतिक तथा सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान

नेपाली पात्रोअनुसार नव वर्ष वि.सं. २०८३: भौतिक तथा सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान काठमाडौं १ बैशाख २०८३ — नेपाली पात्रोअनुसार आजदेखि नव वर्ष वि.सं. २०८३ सुरु भएको छ। देशभर तथा विदेशमा रहेका नेपालीहरूले भौतिक भेटघाट र सामाजिक सञ्जालमार्फत एकअर्कामा शुभकामना आदानप्रदान…

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट, मंगलबार सुनुवाइ

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । उक्त निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ ।नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले रिट दायर गरेका हुन् । सोसाइटी…

निजी विद्यालय शुल्कमा कडाइ: तोकिएको शीर्षक बाहेक अन्य शुल्क लिन नपाइने

काठमाडौँ, २३ चैत्र २०८२/ नेपाल सरकारको निर्देशन अनुसार निजी विद्यालयहरूले जथाभावी शुल्क असुली गरेको गुनासो बढेपछि शिक्षा मन्त्रालयले कडाइ गर्दै तोकिएका १४ शीर्षक बाहेक अन्य शुल्क लिन नपाइने स्पष्ट पारेको छ। नयाँ शैक्षिक सत्र सुरु हुने समयमै अभिभावकबाट धेरै उजुरी…

अख्तियारद्वारा लेखा अधिकृत झलक शर्मा पौडेल विरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेल विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आठौँ तहका…

छेकिएका दलितका मुद्दा अब सदनमाः सांसद खगेन्द्र सुनार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले राज्य र समाजले ओझेलमा पारेका दलित समुदायका मुद्दाहरूलाई संसदमा सशक्त रूपमा उठाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै बाँके क्षेत्र नं. ३ बाट निर्वाचित सांसद सुनारले जातकै आधारमा देशभर भएका हत्या…

गुडफ्राइडे र इस्टर सन्डे: बलिदान र पुनरुत्थानको सन्देश

काठमाडौं | २१ चैत्र २०८२ । विश्वभरका ख्रिष्टियन धर्मावलम्बीहरूले गुड फ्राइडे (असल शुक्रबार) इस्टर सन्डे (आइतबार) विशेष श्रद्धा र विश्वासका साथ मनाउने गर्दछन । यी दुई धार्मिक विश्वासका आधारमा येशू ख्रीष्टको जीवनका अत्यन्त महत्वपूर्ण घटनासँग सम्बन्धित छन् । येशुको क्रूसमा…