जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

लम्किचुहामा ट्याक्टर दुर्घटनामा परेर एक बालिकाको ज्यान गएको छ।

लम्किचुहा ३ बैशाख २०८२ // कैलाली जिल्ला लम्कीचुहा नगरपालिका–५ स्थित चौरीको भित्री सडकखण्डमा बुधबार राति भएको दुर्घटनामा ६ वर्षीया डिनल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार से १ त ८७५८ नम्बरको ट्याक्टरले घर नजिकै सडकमा खेलिरहेकी बालिकालाई राति करिब ८:४५ बजे ठक्कर दिएको थियो।

गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा ज्यान गएको हो।

दुर्घटनामा संलग्न ट्याक्टर चालक, लम्कीचुहा नगरपालिका–५ कै ३७ वर्षीय रामबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *