जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

अब २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था लागु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन निर्देशन दिएका छन्। मन्त्री

तिमिल्सिनाले ट्रायल पास गरी राजस्व तिरेपछि अब २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजैदेखि लागू गरिएको जानकारी दिए। विगतमा आवश्यक इच्छाशक्ति र प्रभावकारी व्यवस्थापन अभावका कारण ढिलाइ भएको उल्लेख गर्दै उनले अब समस्या समाधान गर्दै सेवा छिटो र प्रभावकारी बनाइने बताए।

उनले केन्द्रमा करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण प्रयोगविहीन रहेको अवस्थालाई दुःखद भन्दै त्यसको अधिकतम उपयोग गरिने स्पष्ट पारे। साथै, नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले आगामी दिनमा राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट तथा अन्तःशुल्क स्टिकरलगायतका महत्वपूर्ण कागजात पनि यही केन्द्रबाट छाप्ने योजना रहेको जानकारी दिए।हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ। विदेश जाने नागरिकलाई प्राथमिकतामा राख्दै वैशाख १२ गतेभित्र १२ लाख लाइसेन्स छापिसक्ने र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको छ। सरकारको यस कदमले लामो समयदेखि लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *