काठमाडौं | २१ चैत्र २०८२ । विश्वभरका ख्रिष्टियन धर्मावलम्बीहरूले गुड फ्राइडे (असल शुक्रबार) इस्टर सन्डे (आइतबार) विशेष श्रद्धा र विश्वासका साथ मनाउने गर्दछन ।

यी दुई धार्मिक विश्वासका आधारमा येशू ख्रीष्टको जीवनका अत्यन्त महत्वपूर्ण घटनासँग सम्बन्धित छन् ।

येशुको क्रूसमा मृत्यु र पुनरुत्थान।

गुड फ्राइडेका दिन येशू ख्रीष्टले मानवजातिको पापका लागि क्रूसमा आफ्नो जीवन बलिदान दिनुभएको स्मरण गरिन्छ।

बाइबलमा यो घटनालाई यसरी उल्लेख गरिएको छ:“किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६)

यस दिन चर्चहरूमा विशेष प्रार्थना, उपवास र आत्मिक ध्यान जस्तो सामुहिक संगतीको आयोजना गरिन्छ। विश्वासीहरूले येशूको दुःख, पीडा र बलिदानलाई सम्झँदै आत्मचिन्तन गर्ने गर्छन्।

इस्टर सन्डे येशू ख्रीष्ट मृत्युबाट पुनरुत्थान

त्यसैगरी, इस्टर सन्डे येशू ख्रीष्ट मृत्युबाट पुनर्जीवित हुनुभएको दिनको रूपमा मनाइन्छ। यो दिनलाई विजय, आशा र नयाँ जीवनको प्रतीकका रूपमा लिइन्छ।

बाइबलमा लेखिएको छ:“उहाँ यहाँ हुनुहुन्न; उहाँ उठ्नुभएको छ, जसरी उहाँले भन्नुभएको थियो।” (मत्ती २८:६) इस्टरले मृत्यु माथि जीवनको विजय र अन्धकारमाथि उज्यालोको जीतको सन्देश दिन्छ।

यस अवसरमा चर्चहरूमा विशेष आराधना, भजन-कीर्तन तथा उत्सवका कार्यक्रमहरू आयोजना गरिन्छन्।

धार्मिक अगुवाहरूका अनुसार यी पर्वहरूले मानवजातिलाई प्रेम, क्षमा, त्याग र आशाको सन्देश दिन्छन्। विशेष गरी आजको समयमा, जब समाज विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ, येशू ख्रीष्टको जीवन र शिक्षाले सकारात्मक मार्गदर्शन प्रदान गर्ने विश्वास गरिएको छ। परमेश्वरको आशिष सबैमा रहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *