जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

घोडाघोडीमा बुद्ध मूर्ति प्रतिस्थापन तथा बौद्ध अम्बेडकर पार्क उद्घाटन कार्यक्रम सम्पन्न

घोडाघोडी, ३ जेष्ठ // कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१० स्थित बुलबुले रानी सामुदायिक वन अन्तर्गत रहेको बुलबुले धारा पर्यटन क्षेत्रमा बुद्ध प्रतिमा प्रतिस्थापन तथा बौद्ध अम्बेडकर पार्क उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाल बौद्ध अम्बेडकर महासभाका अध्यक्ष मनोज जैगडीको…

कार्यकाल समाप्त हुदा पनी विव्यसकाे नयाँ समिति गठन किन भएन, अभिभावकको प्रश्न

विद्यालय व्यवस्थापन समितिको म्याद सकिएको एक महिना बित्दा पनि नयाँ समिति गठन किन हुन सकेन ? अभिभावकको प्रश्न रहेकाे छ । घोडाघोडी ३ अषाढ २०८३ ,// कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका–८ स्थित श्री मोहनी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएको…

कार्यवाहक नगरप्रमुख विवादले तातियो टीकापुर राजनीति, सर्वोच्चको आदेशपछि पनि अन्योल कायम

टीकापुर, २ अषाढ कैलाली जिल्लाको टीकापुर नगरपालिकामा कार्यवाहक नगरप्रमुख परिवर्तनको विषयलाई लिएर राजनीतिक तथा प्रशासनिक विवाद चुलिएको छ।पूर्व कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीले प्रमुख प्रशासकीय अधिकृतको भूमिकामाथि प्रश्न उठाउँदै आफूलाई हटाउने प्रक्रिया असंवैधानिक र षड्यन्त्रपूर्ण रहेको आरोप लगाएका छन्। नगार्जीका अनुसार…

गोदावरी सामुदायिक वन क्षेत्रका ४७ अवैध संरचना हटाइयो कैलाली,

कैलाली ३१ जेष्ठ २०८३ / कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. ४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रभित्र अतिक्रमण गरी निर्माण गरिएका ४७ वटा घरटहरा तथा अन्य संरचनाहरू हटाइएको छ। डिभिजन वन कार्यालय कैलालीको नेतृत्वमा शुक्रबारदेखि सञ्चालन गरिएको अतिक्रमण हटाउने अभियान…

जोशीपुर जेसीजद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २१ पिन्ट रगत संकलन

जोशीपुर, ३० जेष्ठ कैलाली । “रक्तदान जीवनदान हो, मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल नारासहित जोशीपुर जेसीजले जोशीपुर बजार चोकमा भव्य रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। जोशीपुर जेसीजको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाको प्राविधिक सहयोगमा सम्पन्न…

जोशीपुर जेसीजद्वारा वृक्षरोपण विश्व वातावरण दिवसको अवसरमा

जोशीपुर, कैलाली, जेठ २३, २०८३ / विश्व वातावरण दिवसको अवसर पारेर कैलालीको जोशीपुर गाउँपालिकामा “एक बोट वातावरणलाई सपोर्ट” भन्ने मूल नारासहित वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। जोशीपुर जेसीज वर्ष २०२६ को आयोजनामा सम्पन्न उक्त कार्यक्रमले वातावरण संरक्षण तथा हरित अभियानप्रति…

विद्यार्थीहरुले गरे विपन्न परिवारलाई जस्तापाता सहयोग

घोडाघोडी, २६ जेठ २०८३ । “हामी सबैको सानो हात, विपन्नका लागि ठूलो राहत” भन्ने मूल नारालाई आत्मसात गर्दै कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले मुक्तकमैया शिविरमा बसोबास गर्ने एक विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको छ। घोडाघोडी नगरपालिका–८ स्थित मुक्तकमैया शिविरमा बस्ने बुधराम…

गृहमन्त्री गुरुङका चार बोल्ड निर्णय, नारायणहिटी हत्याकाण्ड पुनः छानबिन हुने

काठमाडौं, जेठ २६ – दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुङले पदभार ग्रहणसँगै चार वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सुशासन, सुरक्षा र न्यायसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर निर्णय गरिएको बताएका हुन्।गृहमन्त्री गुरुङले गत भदौमा…

घोडाघोडीमा डिएसपी चौधरीको नेतृत्वमा सामाजिक अपराध न्यूनीकरणका लागि राजी समुदायमा सचेतनामूलक कार्यक्र

सुखड, २४ जेठ २०८३। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ जरहीमा सामाजिक अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रसन्न राज चौधरी को नेतृत्वमा खटिएको ५ सदस्यीय प्रहरी टोलीले समुदाय प्रहरी…

नेपाल–भारत मैत्री पत्रकार सम्मेलन कार्यक्रम तिकुनियामा सम्पन्न,

घोडाघोडी २३ जेठ २०८३ — भारतको लखिमपुर खिरी जिल्लाको तिकुनियामा नेपाल–भारत पत्रकार सम्मेलन सम्पन्न भएको छ। प्रेस क्लब तिकुनियाको आयोजनामा भएको कार्यक्रम प्रेस क्लब तिकुनियाका संरक्षक आरएन मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमको सञ्चालन सहजराम जैसवालले गरेका थिए। कार्यक्रममा…