जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

Janahit Khabar

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस

काठमाडौं २४ बैशाख — संवैधानिक परिषद्ले सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीश पदका लागि न्यायाधीश मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा बिहीबार बसेको परिषद् बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो। पर्साको वीरगन्जमा २०२७…

घोडाघोडी–१० को वडा कार्यालय पुनर्निर्माण सम्पन्न, दोस्रो दिनदेखि सेवा सञ्चालन गर्ने तयारी

घाेडाघाेडी २४ बैशाख । कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरस्थित वडा कार्यालय भवनको पुनर्निर्माण तथा मर्मत सम्भार कार्य सम्पन्न भएको छ। वडा कार्यालयले भवन पुनः सञ्चालनमा आएपछि दोस्रो दिनदेखि नै नियमित सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ।…

अतिक्रमित जग्गा हटाउने विषयमा कैलाली जिल्ला प्रशासनको निणय

कैलाली २४ बैशाख २०८३ । अतिक्रमणमा रहेका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान तथा हटाउने विषयमा जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेको छ । सोही निर्देशनपछि प्रशासनले सरोकारवालासँग छलफल गरेको कैलालीका सहायक प्रमुख…

भूमि समस्या समाधान आयोग खारेज, अध्यादेशमार्फत् कानुनी व्यवस्था परिवर्तन

भूमि समस्या समाधान आयोग खारेज, अध्यादेशमार्फत् कानुनी व्यवस्था परिवर्तन काठमाडौं, २१ वैशाख । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत् आयोग खारेज गरिएको हो। भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा…

गुणस्तरीय शिक्षामा सुधारका लागी भजनीमा प्रधानाध्यापकसँग संवाद कार्यक्रम सम्पन्न

भजनी, २० बैशाख । कैलालीको भजनी नगरपालिकामा गुणस्तरीय शिक्षामा सुधार ल्याउन सबै सरोकारवाला निकाय एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै “संवादबाट समाधान, गुणस्तरीय शिक्षामा सुधार” भन्ने नारासहित “प्रधानाध्यापकसँग संवाद कार्यक्रम” सम्पन्न भएको छ। भजनी जालापा मिडिया प्रा.लि.को आयोजनामा सम्पन्न कार्यक्रममा भजनी क्षेत्रका…

मल्चिङ प्रविधिबाट २० कठ्ठामा प्याज खेती गर्दै पूर्व शिक्षक, १०० कुण्डल उत्पादन गर्ने लक्ष्य

घोडाघोडी, १६ बैशाख २०८३। कैलालीको घोडाघोडी नगरपालिका–१२, कोटामा एक पूर्व शिक्षकले आधुनिक प्रविधि अपनाएर व्यावसायिक प्याज खेती सुरु गरेका छन्। पुर्व शिक्षक समेत रहेका शिवकुमार कठरियाले करिब २० कट्ठा जमिनमा मल्चिङ प्रविधिबाट प्याज खेती गर्दै यस वर्ष १०० कुण्डल उत्पादन…

संसद स्थगित गरेर अध्यादेश ल्याउने कदमप्रति चर्को विरोध

संसद् स्थगित गरेर अध्यादेश ल्याउने कदमप्रति चर्को विरोध काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत कानुन ल्याउने तयारी गरेपछि राजनीतिक वृत्तमा तीव्र विवाद चर्किएको छ। सत्तापक्षले यसलाई आवश्यक प्रक्रिया भनेको छ भने विपक्षी दलहरूले लोकतान्त्रिक मूल्यविपरीत कदम भन्दै कडा…

घोडाघोडीमा ५ बिघामा तरबुज खेती, २८ हजार बिरुवा रोपेर उत्पादनतर्फ किसानको अग्रसरता

घोडाघोडी १४ बैशाख २०८३ — कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका–९ रतिपुरमा करिब ५ बिघा जमिनमा २८ हजार बिरुवा रोपेर सामूहिक रूपमा तरबुज खेती गरिएको छ। स्थानीय किसानहरूले भाडामा जमिन लिएर सुरु गरेको यस खेतीले उत्पादनमुखी कृषि अभ्यासलाई थप उत्साह दिएको छ।…

कैलालीमा होटलमा आगलागी: कामदारको ज्यान गयो

कैलाली, १२ वैशाख २०८३ / कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित विवेक रेस्टुरेन्ट एण्ड बारमा आगलागी हुँदा एक जना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा डडेलधुराको आलिताल गाउँपालिका अन्तर्गत बोहरा गाउँका अन्दाजी ५०–५२ वर्षीय मिनबहादुर बोहरा रहेका छन्। प्रहरीका अनुसार रातिको समयमा…

स्वदेशमै केरा खेती गरेका: धन बहादुर बुढाको सङ्घर्ष र सम्भावना कृषीकाे यात्रा

घाेडाघाेडी ११ बैशाख २०८३ । विदेशबाट आयात हुने केरालाई विस्थापित गर्दै स्वदेशमै उत्पादन बढाउने उद्देश्यका साथ घोडाघोडी नगरपालिकाका किसान धन बहादुर बुढाले केरा खेतीमा उल्लेखनीय पहल गरेका छन्। “न्यु झरना कृषि तथा पशुपंक्षी फर्म” सञ्चालन गर्दै आएका बुढाले करिब ८०…