काठमाडौं ४ ;भाद्र २०८३ // राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनित भएका छन्। शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले न्यौपानेलाई संगठन विभाग प्रमुखमा मनोनयन गरेको हो।
बैठकले पार्टीका विभिन्न पद तथा विभागमा नयाँ जिम्मेवारीसमेत तोकेको छ। सहमहामन्त्रीमा पुरुषोत्तम यादव, कोषाध्यक्षमा मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल तथा सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनित गरिएको छ।

त्यस्तै, सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरू, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभाग प्रमुखमा शिशिर खनाल र अर्थ विभाग प्रमुखमा लिमा अधिकारीलाई जिम्मेवारी दिइएको छ।
केन्द्रीय समिति बैठकले पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित गर्दै विभिन्न विभागको जिम्मेवारी बाँडफाँट गरेको हो।




