जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

Month: January 2026

डडेल्धुरामा स्कारपियो दु‘र्घटना ,पाँच जना घा‘इते

डडेल्धुरामा स्कारपियो दु‘र्घटना हुँदा पाँच जना घा‘इते भएका छन् । जिल्ला निर्वाचन कार्यालय डोटीको सरकारी गाडी जिल्लाको अमरगढी नगरपालिका ११, रडुवा खोला स्थित केआईसिंह राजमार्गमा दु‘र्घटना भएको हो। डडेल्धुराबाट दिपायल तर्फ जाँदै गरेको स्कारपियो अ‘नियन्त्रित भई सडक छेउमा ठो‘क्किँदा दु‘र्घटना…

माघ १६ गते सहिद दिवस किन मनाइन्छ ?

काठमाडौँ, माघ १६ । नेपालमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ। निरंकुश राणा शासनविरुद्ध लोकतन्त्र, स्वतन्त्रता र जनअधिकारका लागि प्राण त्याग गरेका वीर सहिदहरूको स्मरण तथा सम्मानस्वरूप यो दिवस मनाउने गरिन्छ। वि.सं. १९९७ साल माघ १६ गते राणा…

प्रतिनिधिसभा निर्वाचनमा सवारी साधन प्रयोग गर्दा आचारसंहिता पालना गर्न आयोगको आग्रह

काठमाडौं १५ माघ २०८२। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सवारी साधन प्रयोग गर्दा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न राजनीतिक दल, उमेदवार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। आचारसंहिता उल्लंघन गरेमा सम्बन्धित उमेदवारलाई कानुनबमोजिम कारबाही गरिने आयोगले स्पष्ट…

घोडाघोडीमा बोर्डो मिश्रण तथा पेस्ट प्रयोगसम्बन्धी दुईदिने कृषक तालिम सम्पन्न

घोडाघोडी, १४ माघ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा बोर्डो मिश्रण तथा बोर्डो पेस्ट प्रयोग विधिसम्बन्धी दुईदिने व्यवसायिक कृषक नगरस्तरीय तालिम सम्पन्न भएको छ। घोडाघोडी नगरपालिकाका नगरप्रमुख खड्गबहादुर रावतको सभाध्यक्षतामा सम्पन्न उक्त तालिम नगरपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन गरिएको हो। उक्त…

प्रधानाध्यापकको अनुपस्थिति र लुटपाटको विषयलाई लिएर श्री सारदा माविमा तनाव,

स्राेतः कुन्दन कुशुवा, राैतहट रौतहट, १३ माघ २०८२ । रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. ६ पिपरिया स्थित श्री सारदा माध्यमिक विद्यालयमा सरस्वती पूजाको प्रसाद लुटपाट र प्रधानाध्यापकको अनुपस्थितिको विषयलाई लिएर उत्पन्न विवाद ई. सोनु कुशवाहाको सक्रिय पहलमा शान्तिपूर्ण रुपमा…

घोडाघोडीमा बोर्डो मिश्रण तथा बोर्डो पेस्ट प्रयोगसम्बन्धी दुईदिने कृषक तालिम सञ्चालन

घोडाघोडी, १३ माघ २०८२ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा बोर्डो मिश्रण तथा बोर्डो पेस्ट प्रयोग विधिसम्बन्धी दुईदिने व्यवसायिक कृषक नगरस्तरीय तालिम सञ्चालन गरिएको छ। घोडाघोडी नगरपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन भएको उक्त तालिम कृषि शाखा अधिकृत जनक धामीको नेतृत्वमा सचालनमा…

कैलाली सहित ९ जिल्ला डढेलोको उच्च जोखिममा

१३ माघ, काठमाडौं । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च…

राष्ट्रिय सभामा फेरियो शक्ति सन्तुलन : कांग्रेस पहिलो, नेकपा दोस्रो

काठमाडौँ, माघ ११ — राष्ट्रिय सभाको शक्ति सन्तुलन फेरिएको छ। हालै सम्पन्न निर्वाचनपछि नेपाली कांग्रेस दोस्रो शक्तिबाट उक्लिँदै पहिलो स्थानमा पुगेको छ भने यसअघिको पहिलो शक्ति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) आठ सिट गुमाउँदै दोस्रो स्थानमा झरेको छ। नेकपा एमाले तेस्रो…

दलित शिक्षकमाथी विद्यालयमा जातिय विभेद गरेकाेमा, नेपाल शिक्षक महासंघकाे चेतवनी

कञ्चनपुर, माघ १० । कृष्णपुर नगरपालिका–१ स्थित श्री बैजनाथ आधारभूत विद्यालयमा कार्यरत स्थायी शिक्षक गजिराम सार्कीमाथि अमानवीय व्यवहार तथा जातीय भेदभावजन्य क्रियाकलाप भएको आरोपले शिक्षक समुदायमा तीव्र आक्रोश उत्पन्न भएको छ। नेपाल शिक्षक महासंघ, कृष्णपुर नगरपालिकाले जारी गरेको विज्ञप्तिअनुसार मिति…

कैलाली जिल्ला क्षेत्र नं. १ बाट नेकपा माओवादी पार्टीबाट राम बहादुर विश्वकर्मा चुनावी मैदानमा उत्रेकाछन ।

कैलाली जिल्ला क्षेत्र नं. १ बाट नेकपा माओवादी पार्टीबाट राम बहादुर विश्वकर्मा चुनावी मैदानमा उत्रेकाछन । कैलाली, ११ माघ — गुलाब चिन्ह लिएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट राम बहादुर विश्वकर्मा (कम्रेड राम सी) प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली…