कैलाली जिल्ला क्षेत्र नं. १ बाट नेकपा माओवादी पार्टीबाट राम बहादुर विश्वकर्मा चुनावी मैदानमा उत्रेकाछन ।
कैलाली, ११ माघ — गुलाब चिन्ह लिएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट राम बहादुर विश्वकर्मा (कम्रेड राम सी) प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली जिल्ला क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रिनुभएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उहाँ हाल तीव्र घरदैलो अभियानमा सक्रिय हुनुहुन्छ।

सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला तुर्माखाद गाउँपालिका वडा नम्बर ६ मा जन्मिनुभएका कम्रेड राम सी हाल कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर १ मा बसोबास गर्दै आउनुभएको छ। उहाँले काठमाडौंस्थित महेन्द्ररत्न क्याम्पस, तहचलबाट गणित विषयमा शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक डिग्री हासिल गर्नुभएको छ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहनुभएका कम्रेड राम सी जनयुद्धकालदेखि विद्यार्थी आन्दोलनमा संलग्न हुँदै विद्यार्थी युनियनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले काठमाडौं क्याम्पस जिल्ला समितिको अध्यक्षको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो।

पार्टी जीवनमा विभिन्न तह र जिम्मेवारीमा रहेर काम गर्नुभएका उहाँ पार्टीका बर्दिया जिल्लकाे पार्टी सचिव हुदै, हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय प्रतिनिधि समिति सदस्यको रूपमा कार्यरत हुनुहुन्छ।
मध्यम वर्गीय परिवारमा हुर्किनुभएका कम्रेड राम सी भुमीहिन नागरीककाे पक्षमा, गरिब, असहाय तथा कमजोर वर्गको पक्षमा बुलन्द आवाज उठाउँदै अन्यायमा परेका नागरिकको न्यायका लागि सक्रिय कुसल नेताकाे रूमा जनतामा चिरपरिचित बनेका राम सि सामाजिक न्याय, समानता र विकासलाई प्राथमिकतामा राख्दै देश र जनताको सेवामा राजनीतिक गरेको भनाइ रखेका छन ।
कडा प्रतिस्पर्धाको अनुमान गरिएको यस निर्वाचनमा कम्रेड राम सी कैलाली क्षेत्र नम्बर १ का जनताको समग्र विकास, सामाजिक न्याय र समृद्धिका लागि काम गर्ने प्रतिबद्धतासहित मतदातासँग भोट माग्दै घरदैलो अभियानमा व्यस्त रहनुभएको छ।

