
काठमाडौँ २४ माघ ।। पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा वैज्ञानिक डा. महावीर पुनलाई प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीले समर्थनको घोषणा गरेको छ।

पार्टीका महासचिव धर्म चौधरीले जारी गरेको विज्ञप्तिमा डा. पुनको शिक्षा, प्रविधि र ग्रामीण विकासमा निस्वार्थ योगदानलाई जोड दिँदै, पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूलाई उनको निर्वाचन चिन्ह “बासुरी” मा मतदान गर्न आह्वान गरिएको छ।
फागुन २१ मा हुने निर्वाचनमन आफु देशलाई न्याय दिन आएको बताएका छन् । उनले भने, “म राजनीतिमा आएको देशलाई नयाँ दिशा दिन हो, पुरानो राजनीतिको दोहो¥याइँ गर्न होइन।”

उनको स्वतन्त्र अभियानले युवा, बौद्धिक वर्ग र ग्रामीण क्षेत्रमा निकै उत्साह जगाएको छ। यो समर्थनले म्याग्दीको चुनावी माहोल थप रोचक बन्दै गएको छ र उनको जितबाट शिक्षा तथा प्रविधि क्षेत्रमा नयाँ क्रान्ति आउने अपेक्षा बढेको छ।
