माघ १० ।। डोटीको बडिकेदार गाउँपालिका–२ सडेखानमा एक घरमा चट्याङ पर्दा दुई जना बालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार, स्थानीय घन्सराम लामिछाने मगरको तीन कोठे एकतले कच्ची घरमा चट्याङ परेको थियो। यस घटनामा घन्सरामका ७ वर्षीय नाती दीपेश पुन मगर र छिमेकी शेरबहादुर लामिछाने मगरका १३ वर्षीय छोरा गोकुल लामिछाने मगर घाइते भएका हुन्।


चट्याङको प्रभावले दीपेश केही समय बेहोस भएका थिए भने गोकुलको पिठ्युमा चट्याङको झिल्का लागेको प्रहरीले जनाएको छ। घाइते दुवै बालकको स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै गम्भीर चोट नभएको बताइएको छ।
घटनापछि घरमा जडान गरिएको विद्युतीय मिटर बक्स जलेको तथा घरका भित्ताहरू चर्किएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *