घाेडाघाेडी १० माघ । भुर्काभुर्कि सामुदायिक वन उपभोक्ता समूहको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेका सामुदायिक बनले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

भुर्काभुर्कि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मोहनसिंह थारूको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा पुष्कर बहादुर बम रहेका थिए विशिष्ट अतिथिहरूमा सब डिभिजन वन कार्यालय सुखडका प्रतिनिधी गोकुल थापा तथा घोडाघोडी नगरपालिका वडा नम्बर १० का वडा सदस्य जया देवी चौधरी रहेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका पुष्कर बहादुर बमले आफ्नो मन्तव्यमा सामुदायिक वन र निजि बनको नियम तथा सरकारले गरेका काम बारे जानकारी दिदै नेपालका समुदायिक वनले वन तथा वातावरण संरक्षण गर्ने दायित्व स्थानीय उपभोक्ताहरुको प्रमुख कर्तव्य हो र नेपाल सरकारले नियमन गर्ने काम हो । उपभोक्ताहरुलाइ चाहिने काठ विधान अनुसार वितरण गर्नुपर्छ र समयमै साधारण सभा तथा नविकरण गर्नु समुदायिक वनले ध्यान दिनुपर्छ भन्दै सुभकामना व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा विशिष्ट अतिथी गोकुल थापाले आफ्नो मन्तव्यमा स्थानीय उपभोक्ताहरुले जिम्मेवारी दिएको कार्यसमितिले विधान अनुसार चल्नुपर्छ र उपभोक्ताहरुले आफ्नै जिम्मेवारी सम्झेर बनकाे संरक्षण गर्ने र व्यवसायिक प्रयोजनका लागि काठ वितरण गर्न कानुन अनुसार कारबाही हुन्छ तर उपभोक्ताहरुले ब्यक्तिगत रुपमा घर तथा गोठ निर्माण र दाउराको लागि मात्र समुदायबाट नितिगत रुपमा माग गर्नुपर्छ भन्दै सुभकामना व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा अतिथिकारुपमा रहनुभएका संस्थापक सचिव धनिराम चौधरीले आफ्नो मन्तव्यमा वर्तमान समिति लाइ सानातिना कमजोर औल्याउँदै सुधार गर्नको लागि सुझाव दिएका थिए।

उक्त कार्यक्रममा उपस्थित भएका तुलसिपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोरख बहादुर सिंहले स्थानीय छडुवा गाइ गोरु व्यवस्थापनको लागि सम्पूर्ण समुदायिक वनले बजेट विनियोजन गर्नुपर्ने माग गर्दै सुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा विभिन्न अतिथिको तथा समूहका उपभोक्ताहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य भुर्काभुर्कि सामुदायिक वन उपभोक्ता समूह कोषाध्यक्ष इन्द्रा देवी चौधरीले राखेका थिए । त्यस अवसरमा आर्थिक वर्ष २०८१/२०८२ को २१ लाख ३७ हजार ५ सय ८९ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने, आर्थिक वर्ष २०८२/२०८३ काे लागी रू. ३७ लाख ८६ हजार २३५.२४ बराबरकाे बजेट कार्याेजना बनाइ प्रस्तुत गरिएकाे थियाे । सो साधारण सभा तथा सम्बन्धित कार्यक्रमको सञ्चालन सामुदायिक वन उपभोक्ता समूहका सचिव चन्द्र बहादुर सिंहले गरेका थिए ।

उक्त साधारण सभाले समूहको विगत वर्षको प्रगति समीक्षा गर्दै आगामी योजनाहरूबारेमा  छलफल तथा निर्णय गरेको बताइएको छ। सामुदायिक वन संरक्षण तथा उपभोक्ताहरूको हितमा निरन्तर क्रियाशील रहेको यस समूहले स्थानीय स्तरमा वन व्यवस्थापन तथा सामुदायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *