पर्सा ८ माघ ।। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणनाको तयारी गरिएको निकुञ्ज कार्यालयले जनाएको छ।

बाघको गणनाका लागि पाँचवटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीनवटा ‘कम्प्लेक्स’ बनाइएको छ। हाल चितवन–पर्सा कम्प्लेक्स तथा बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ गणना भइरहेको छ। यहाँ गणना सकिएपछि तेस्रो कम्प्लेक्समा रहेको शुक्लाफाँटामा सुरु हुने निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। त्यसका लागि निकुञ्ज कार्यालयको जनशक्ति तयारी अवस्थामा रहेको उनले बताए।

सन् २०२२ मा गरिएको राष्ट्रिय गणनाअनुसार शुक्लाफाँटामा ३६ वटा बाघ रहेकामा निकुञ्ज कार्यालयको आन्तरिक अनुगमनमा यस वर्ष ४३ बाघ फेला परेका जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *