काठमाडौं माघ ८ ।। निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ ।

मंगलबार साँझसम्म मनोनय दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी लिएको हो ।

बुधबार साँझ नै दर्ता भएका उजुरीबारे जाँचबुझ गर्ने काम भइसकेकोले आज नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *