स्राेतः कुन्दन कुशुवा, राैतहट
रौतहट, १३ माघ २०८२ । रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. ६ पिपरिया स्थित श्री सारदा माध्यमिक विद्यालयमा सरस्वती पूजाको प्रसाद लुटपाट र प्रधानाध्यापकको अनुपस्थितिको विषयलाई लिएर उत्पन्न विवाद ई. सोनु कुशवाहाको सक्रिय पहलमा शान्तिपूर्ण रुपमा समाधान भएको छ।
विद्यालयमा सरस्वती पूजाको मुर्ति विसर्जन गर्ने क्रममा केही विद्यार्थीहरुले प्रसाद राखिएको कक्षा कोठाको ताल्चा तोडी प्रसाद लगायत अन्य सामग्री लुटपाट गरेका थिए। यस विषयमा विद्यार्थीहरुले प्रधानाध्यापक ज्यूलाई ध्यानाकर्षण गराएका थिए, तर कुनै सुनुवाई नभएपछि र प्रधानाध्यापक ३ दिनदेखि विना स्पष्ट कारण अनुपस्थित भएपछि विवादले तनावपूर्ण रुप लिएको थियो।
सोमबार, आक्रोसित विद्यार्थीहरुले विद्यालयको मुख्य गेटमा ताल्चा लगाई आगो बाल्दै नारा–जुलुस र प्रदर्शन गरेका थिए। साेही बाटो भएर जाँदै गरेका जेन-जी जिल्ला अध्यक्ष ई. सोनु कुशवाहाले अवस्था तनावपूर्ण देखेर ओर्लिएर विद्यार्थीहरुको समस्या बुझेका थिए।
समस्या बुझेपछि, कुशवाहाले विद्यार्थीहरुलाई सम्झाई बुझाई गरी र प्रधानाध्यापकसँग सम्पर्क गरी वार्ताको लागि बस्ने वातावरण मिलाए। पूर्व जेन-जी जिल्ला अध्यक्ष तथा विद्यालय सुधार अभियानकर्ताको रुपमा काम गर्दै आउनु भएका कुशवाहाले विद्यार्थीको भविष्यसँग कसैलाई पनि खेलवाड गर्ने अधिकार नभएकोमा जोड दिएका थिए।
अन्ततः, आज रौतहट क्षेत्र नं. २ बाट जनमत पार्टीको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार रहेका ई. सोनु कुशवाहाको उपस्थितिमा स्थानीय प्रहरी, स्थानीय अभिभावक, विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई राखेर शान्तिपूर्ण माध्यमले छलफल सम्पन्न भयो। स्थानीय जनता र विद्यार्थीहरुले कुशवाहा जस्तो अगुवा भएमा मात्र क्षेत्र परिवर्तन र विकसित हुन सक्ने भन्दै उनको पहलको प्रशंसा गरेका छन्।


