घाेडाघाेडी ११ जेष्ठ, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ तारानगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय तारानगर मा नयाँ प्रशासनिक नेतृत्व चयन गरिएको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार नरबहादुर चौधरी प्रधानाध्यापक तथा दिनेश साउद सहायक प्रधानाध्यापकमा नियुक्त भएका छन्।

यसअघि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका सुबोधकुमार शर्माले लामो समय शिक्षण पेशामा सेवा पुर्याउदै प्रशासनिकरूपमा प्रधानाध्यापक जिम्मा समालेका थिए र उनको शिक्षक सेवाबाट अवकाश हुने मिति २०८३ मङ्सिर ११ गते कायम रहेपनि उनले प्रधानाध्यापक पदबाट राजीनामा दिएका हुन ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश बडुवालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रधानाध्यापकको रूपमा कार्यभार समाहालेका नरबहादुर चौधरीलाई हाल प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय सहीत नियुक्ती गरेको हो। त्यस्तै दिनेश साउदलाई सहायक प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको विद्यालयले जनाएको छ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै अनुशासित र प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्न नयाँ तथा ऊर्जावान नेतृत्वलाई जिम्मेवारी दिइएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश बडुवालले बताएका छन्।

