जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

सबै

प्रधानमन्त्री बालेन शाहद्वारा सुदूरपश्चिमका सांसदहरूसँग बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग विशेष छलफल गरेका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा सुदूरपश्चिमबाट निर्वाचित विभिन्न राजनीतिक दलका प्रतिनिधि सभा सदस्यहरूको उपस्थिति रहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार यो छलफल सुदूरपश्चिम प्रदेशको समग्र विकास र त्यहाँका स्थानीय बासिन्दाका समस्याहरूमा केन्द्रित रहेको जनाइएको छ ।

बैठकमासुदूरपश्चिमका विद्यमान समस्या र चुनौतीहरूको पहिचान, स्थानीय जनताका माग र विकासका आवश्यकताहरूबारे जानकारी र प्रदेश र केन्द्र सरकारबीचको समन्वय गर्ने बिषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा सांसदहरूसँग छलफल गर्ने क्रमलाई तीव्रता दिएका छन् । यसअघि सोमबार (चैत १६ गते) उनले कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *