कैलाली ८ चैत्र — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–१ डोडापुल नजिक शनिबार साँझ करिब ६:४५ बजे बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनासहित बसमा सवार १६ जना गरी कुल १७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बैतडी जिल्लाको पाटन नगरपालिका–४ घर भएका ४५ वर्षीय भुपेन्द्र सिंह बिष्टले चलाएको सु.प्र.०२००४ ख १३०१ नम्बरको बसले घोडाघोडी–१ कौवा बस्ने करिब ६५ वर्षीय भक्त बटालालाई ठक्कर दिएको हो।
घटनालगत्तै इलाका प्रहरी कार्यालय सुखड बाट प्रहरी निरीक्षक खेम बिक्रम केसीको कमाण्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था गरेको थियो। गम्भीर घाइते पैदलयात्री बटालालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
बसमा सवार अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरू विभिन्न जिल्लाका रहेको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूको विवरणः
घाइतेहरूको परिचय यसप्रकार छः दार्चुला, महाकाली नगरपालिका–५ की २१ वर्षीया पशुपती बम दार्चुला, महाकाली नगरपालिका–१ का ३२ वर्षीय दीपेन्द्र सिंह बोहरा दार्चुला, लेकम गाउँपालिका–१ का २९ वर्षीय रुपेश बिष्ट दार्चुला, नौगाड गाउँपालिका–६ का ३३ वर्षीय हरदीप सिंह ठगुन्ना दार्चुला, दुहुँ गाउँपालिका–२ का १९ वर्षीय मनिष बडाल बैतडी, दशरथचन्द नगरपालिका–६ का २८ वर्षीय हरि पन्त बैतडी, सिगास गाउँपालिका–२ का २० वर्षीय विजय विक ललितपुर महानगरपालिका–२४ का ३० वर्षीय अभिषेक अधिकारी बैतडी, पाटन नगरपालिका–६ का ४९ वर्षीय सुरेन्द्र सिंह बिष्ट बैतडी, दशरथचन्द नगरपालिका–११ का धन सिंह भण्डारी दार्चुला, दैहिम गाउँपालिका–४ की ३५ वर्षीया मञ्जु लोधवाल रुपन्देही, बुटवल उपमहानगरपालिका–२ की २१ वर्षीया मनिका खत्री रुपन्देही, बुटवल उपमहानगरपालिका–२ की १८ वर्षीया अन्जना विक बैतडी, सिगास गाउँपालिका–२ की सङ्गीता घतानी ललितपुर महानगरपालिका–२४ का २९ वर्षीय महेन्द्र घिमिरे दार्चुला, दैहिम गाउँपालिका–४ का २५ वर्षीय बिरेन्द्र सिंह लोधवाल प्रहरीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार बस चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।


