जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

सबै

नगरपालिकाका प्रमुख पुष्प बादी सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले रुकुम पश्चिमको चौरजहारी नगरपालिका का प्रमुख पुष्प बादी सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मंगलबार आयोगले मेयर बादी र सोही नगरपालिकामा करार सेवामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मोहन शाह विरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार शाहलाई करार सेवामा अवधि थप गर्न एक लाख रुपैयाँ घुस लिएको अभियोग मेयर बादीमाथि लागेको छ।

आर्थिक वर्ष २०८१/०८२ मा म्याद थप गर्दा रकम मागिएको र उक्त रकम मेयरको खातामा जम्मा गरेको दाबी उजुरीमा उल्लेख छ।

त्यसैगरी, आर्थिक वर्ष २०८२/०८३ का लागि करार नवीकरण गर्न पुनः एक लाख रुपैयाँ मागिएको तर रकम नदिँदा करार नवीकरण नगरी सेवाबाट हटाइएको भन्दै शाहले आयोगमा उजुरी दिएका थिए।

अनुसन्धानका क्रममा करार म्याद थप तथा नवीकरण गर्ने निर्णयमा प्रभाव पार्ने काम गरिदिएबापत मेयर बादीले आफ्नो ओहदाको दुरुपयोग गरी शाहबाट एक लाख रुपैयाँ लिएको पुष्टि भएको आयोगले जनाएको छ।

यस्तै, आफ्नै जागिरका लागि घुस दिएको अभियोगमा शाहलाई समेत प्रतिवादी बनाइएको आयोगले जानकारी दिएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *