जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

सबै

कैलालीमा हावाहुरीसहितको वर्षातले विद्युत् सेवा अवरुद्ध, किसानको बालीमा पनि क्षति

कैलाली — सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका विभिन्न पालिकामा गएराति चैत्र १ गते बेलुका र राति आएको तेज हावाहुरीसहितको वर्षाले विद्युत् संरचनामा क्षति पुर्‍याएको छ।नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका अनुसार लम्कीचुहा क्षेत्रमा १०० केभीएको ट्रान्सफर्मर जलेको छ।

यस्तै टीकापुर नगरपालिका–५ पोलिटिक्स नजिक १ वटा विद्युत् पोल ढलेको छ भने टीकापुर–५ नुक्लिपुर क्षेत्रमा ३ वटा पोल भाँचिएका छन्।त्यसैगरी टीकापुर नगरपालिका–३ मा १ वटा पोल भाँचिएको र टीकापुर–१ शिविर बस्तीमा रुख ढल्दा ८ वटा विद्युत् पोल क्षतिग्रस्त भएका छन्। विभिन्न स्थानमा विद्युत् तारसमेत चुडिएपछि प्रभावित क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ।

हावाहुरीका कारण मोहन्याल गाउँपालिका–३, ७ र २, टीकापुर नगरपालिका तथा जानकी गाउँपालिकाका केही वडामा पनि विद्युत् संरचनामा आंशिक क्षति पुगेको जनाइएको छ।

प्राकृतिक प्रकोपका कारण स्थानीय किसानको गहुँबाली पनि ढलेर क्षति पुगेको स्थानीयले बताएका छन्।

नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका प्रमुखका अनुसार प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरी मर्मत कार्य तीव्र गतिमा अघि बढाइएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *