जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

सबै

झापा ५ मा ’इतिहास’ र ’उत्साह’को टक्करः ओलीको किल्लामा बालेनको उदय

काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा यसपटकको मतगणना केवल एउटा चुनावी परिणाम मात्र नभई नेपाली राजनीतिको दुई फरक पुस्ता र विचारबीचको महासंग्राम बनेको छ। १४ वर्ष जेल जीवन र ५ दशक लामो राजनीतिक इतिहास बोकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र ¥याप एवं इन्जिनियरिङ हुँदै छोटो समयमै ’क्रेज’ बनाएका बालेन्द्र साह (बालेन) बीचको यो प्रतिस्पर्धाले देशकै ध्यान तानेको छ।

केपी शर्मा ओलीः संघर्षको पाँच दशक
२०२८ सालको झापा विद्रोहदेखि नेपाली राजनीतिमा सक्रिय ७४ वर्षीय ओलीका लागि झापा ५ आफ्नो ’अपराजित’ गढ मानिन्थ्यो। २०४८ सालदेखि २०७९ सम्म (२०६४ बाहेक) लगातार निर्वाचन जित्दै आएका ओली चार पटक देशको प्रधानमन्त्री भइसकेका छन्।

’समृद्ध नेपाल, सुखी नेपाली’को नारा र राष्ट्रवादको अडानले उनलाई स्थापित नेता बनाए पनि २०८२ को यो निर्वाचनमा उनी आफ्नै निर्वाचन क्षेत्रमा ठूलो चुनौतीको सामना गरिरहेका छन्। पछिल्लो मतगणनामा उनी बालेन भन्दा झण्डै ५० हजार मतले पछि परेका छन्।

बालेन साहः इन्जिनियरदेखि ’पिडा’को पात्रसम्म
यता, ३५ वर्षीय बालेन्द्र साहको यात्रा झन् रोचक छ। २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौँको मेयर जितेर सबैलाई चकित पारेका बालेनले मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा झापा ५ रोजेका थिए।

इन्जिनियरिङ र ¥याप संगीतको पृष्ठभूमिबाट आएका बालेनले ’डिजिटल क्याम्पेन’ र युवा पुस्ताको सेन्टिमेन्टलाई आफ्नो पक्षमा पार्दै ओलीको गढमा बलियो पकड जमाएका छन्।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *