कैलाली १६ फागुन – कैलाली क्षेत्र नम्बर १ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जनकराज शाहले टिकापुर नगरपालिकामा बृहत र्यालीसहित शक्ति प्रदर्शन गरेका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव चिन्ह ‘आँखा’ लिएर मैदानमा उत्रिएका शाहले बाढी व्यवस्थापन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्।
उनले कृषि आधुनिकीकरण, आर्थिक समृद्धि, सुशासन, सुरक्षा, भूमि व्यवस्थापन र सामाजिक न्यायलाई आफ्नो मुख्य एजेण्डाका रूपमा प्रस्तुत गरेका छन्।
स्वास्थ्य र शिक्षा क्षेत्रमा गुणस्तरीय सेवा विस्तार, पर्यटन प्रवर्द्धन र स्थानीय बजार व्यवस्थापनमार्फत रोजगारी सिर्जना गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।

शाह यतिबेला घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन्। मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफ्नो भिजन र मिसन सार्वजनिक गरिरहेका छन्।
समर्थकहरूको उत्साहजनक सहभागितासहित टिकापुर क्षेत्रमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ।
अब निर्णय मतदाताको हातमा छ।
कैलाली क्षेत्र नम्बर १ मा आगामी निर्वाचनले कुन दिशा लिन्छ — त्यो परिणामले तय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *