जनताको प्रश्न, उम्मेदवारको जवाफ कार्यक्रमः १५ मध्ये ३ उम्मेदवार मात्रै उपस्थित

कैलाली, ८ फागुन – कैलाली जिल्ला क्षेत्र नं. २ का उम्मेदवारहरू र जनताबीच प्रत्यक्ष संवाद गराउने उद्देश्यले “जनताको प्रश्न, उम्मेदवारको जवाफ” कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ककस जानकी जेसिजको आयोजनामा जानकी गाउँपालिका–५ अमौरीस्थित राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको हो।

कार्यक्रमको सभाअध्यक्षता जेसिज वर्ष २०२६ का अध्यक्ष अनिल चौधरीले गर्नुभएको थियो। दिउँसो २ बजेका लागि समय तय गरिएको उक्त कार्यक्रममा क्षेत्र नं. २ का १५ जना उम्मेदवारहरूलाई निमन्त्रणा गरिएको भए पनि निर्धारित समयदेखि करिब दुई घण्टापछि मात्र सुर्य बहादुर थापा र केपी खनाल उपस्थिति रहेका थिए भने, करबिर कडारा विहान ११ बजे देखी कार्यक्रमस्थलमा रहेका थिए बाँकी उम्मेदवारहरू अनुपस्थित रहेपछि जनताले असन्तुष्टि व्यक्त गरेका थिए।

कार्यक्रममा उपस्थित तीन उम्मेदवारमध्ये

  • नेपाली मानवतावादी पार्टी का प्रत्यक्ष उम्मेदवार करबिर कडराले भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने तथा जलस्रोतको संरक्षण र व्यवस्थापनमार्फत कृषिमा दिगो विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रत्यक्ष उम्मेदवार सूर्यबहादुर थापाले निर्वाचन जितेपछि पाँच हजार जनालाई रोजगारी दिने योजना रहेको बताउनुभयो।
  • राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार केपी खनालले परिवर्तन र पारदर्शिताका लागि आफ्नो उम्मेदवारी रहेको धारणा राख्नुभयो।

कार्यक्रममा स्थानीय बासिन्दाहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ, कृषि विकास, सडक पूर्वाधार तथा भूमिहीन समस्या लगायतका विषयमा प्रश्नहरू रख्ने अपेक्षा गरेका थिए, तर अधिकांश उम्मेदवार अनुपस्थित रहेपछि जनताले जनप्रतिनिधि बन्ने आकांक्षा राख्नेहरूले जनतासँग प्रत्यक्ष संवादबाट पन्छिन खोजेको आरोप लगाएका छन्।

आयोजक पक्षले भने लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन तथा मतदाताले उम्मेदवारलाई नजिकबाट चिन्ने अवसर उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। आगामी दिनमा यस्ता संवाद कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *