काठमाण्डाै २३ फाल्गुन । प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणामले नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ। हालसम्म सार्वजनिक ताजा मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ र देशको पहिलो पार्टी बन्ने बलियो सम्भावना देखिएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रास्वपा देशभर ९८ निर्वाचन क्षेत्रमा अग्रता लिँदै शीर्ष स्थानमा पुगेको छ। यससँगै वर्षौँदेखि प्रमुख शक्तिका रूपमा रहेका पुराना दलहरूको किल्ला भत्किएको विश्लेषण हुन थालेको छ।

हालसम्मको अग्रता विवरण अनुसार
- राष्ट्रिय स्वतन्त्र पार्टी : ९८ स्थानमा अग्रता
- नेपाली कांग्रेस : ११ स्थानमा अग्रता
- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) : ११ स्थानमा अग्रता
- नेपाली कम्युनिष्ट पार्टी : ११ स्थानमा अग्रता
- श्रम संस्कृती पार्टी : ३ स्थानमा अग्रता
- राष्ट्रिय प्रजातन्त्र पार्टी : १ स्थानमा अग्रता
- स्वतन्त्र उम्मेदवार : १ स्थानमा अग्रता
विभिन्न प्रदेशका निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू उल्लेख्य मतसहित अग्रस्थानमा देखिएका छन्। कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको धनुषा र महोत्तरीदेखि बागमती प्रदेशका काठमाडौंका अधिकांश क्षेत्र, चितवन, गण्डकीका कास्की र स्याङजा तथा लुम्बिनीका रूपन्देही र बाँकेसम्म रास्वपाले बलियो उपस्थिति देखाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचन परिणामले नेपाली राजनीतिमा नयाँ शक्तिको उदयलाई संकेत गरेको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने भए पनि प्रारम्भिक प्रवृत्तिले रास्वपालाई पहिलो पार्टी बनाउने सम्भावना बलियो बनाएको छ।
यदि यही प्रवृत्ति कायम रहेमा नेपाली राजनीतिमा लामो समयदेखि वर्चस्वमा रहेका दलहरूलाई चुनौती दिँदै नयाँ राजनीतिक समीकरण बन्न सक्ने आकलन गरिएको छ।
रास्वपाबाट विजयी उम्मेदवारहरू
- कोशी प्रदेश, मोरङ–४ — सन्तोष राजवंशी — ४०,८३३ मत
- कोशी प्रदेश, मोरङ–६ — रुबिना आचार्य — ५५,५१३ मत
- मधेश प्रदेश, धनुषा–३ — मनिष झा — ४३,९८८ मत
- मधेश प्रदेश, महोत्तरी–१ — प्रमोद कुमार महतो — ३४,६३६ मत
- बागमती प्रदेश, काठमाडौं–१ — रञ्जु न्यौपाने — १५,४५५ मत
- काठमाडौं–२ — सुनिल केसी — ३४,२३८ मत
- काठमाडौं–३ — राजु नाथ पाण्डे — १८,७५७ मत
- काठमाडौं–४ — पुकार बम — २९,१४२ मत
- काठमाडौं–५ — सस्मित पोखरेल — ३०,७३७ मत
- काठमाडौं–७ — गणेश पराजुली — २७,८०५ मत

- काठमाडौं–८ — विराज भक्त श्रेष्ठ — २४,५९२ मत
- काठमाडौं–९ — डोल प्रसाद अर्याल — ३५,०९३ मत
- काठमाडौं–१० — प्रदिप विष्ट — ३७,४६९ मत
- चितवन–२ — रवि लामिछाने — ५४,४०२ मत
- कास्की–२ — उत्तम प्रसाद पौडेल — ३१,९११ मत
- कास्की–३ — बिना गुरुङ — ३७,७५० मत
- स्याङजा–१ — धनन्जय रेग्मी — २९,०७१ मत
- पर्वत–१ — सागर भुसाल — २६,५६१ मत
- रूपन्देही–४ — कन्हैया बनिया — २८,०६६ मत
- बाँके–१ — सुरेश कुमार चौधरी — ३२,७९२ मत
- बाँके–३ — खगेन्द्र सुनार — २९,५५१ मत
अन्य दलका विजयी उम्मेदवार
- तेह्रथुम–१ — सन्तोष सुब्बा (नेपाली काँग्रेस) — ११,५६१ मत
- मनाङ–१ — टेक बहादुर गुरुङ (नेपाली काँग्रेस) — २,४१५ मत
- मुस्ताङ–१ — योगेश गौचन थकाली (नेपाली काँग्रेस) — ३,३०७ मत
- दैलेख–१ — बासना थापा (नेपाली काँग्रेस) — १२,३७२ मत
- बाँके–२ — मोहम्मद इश्तियाक राई (एमाले) — २४,६२८ मत
- रुकुम पूर्व–१ — पुष्प कमल दाहाल प्रचण्ड (नेकपा) — १०,२४० मत
राजनीतिक सन्देश
प्रारम्भिक परिणामले नेपाली राजनीतिमा नयाँ शक्ति उदाएको संकेत दिएको विश्लेषकहरू बताउँछन्। परम्परागत रूपमा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र को प्रभाव रहेका क्षेत्रमा समेत रास्वपाले उल्लेख्य मत ल्याउँदै नयाँ राजनीतिक समीकरणको संकेत दिएको छ।
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। तर अहिलेको प्रारम्भिक नतिजाले भने आगामी संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बन्ने सम्भावना बलियो देखिएको छ।

