जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

रामेछापमा निर्वाचन सामाग्री बोकेको जिप दुर्घटना, २ जनाको मृत्यु, ७ को उद्दार

रामेछाप १८ फाल्गुन — निर्वाचन सामाग्री तथा निर्वाचनमा खटिएका कर्मचारी बोकेको जिप रामेछाप नगरपालिका–२ सिरुबारीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रशासन स्रोतका अनुसार दुर्गम क्षेत्रतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परेका गम्भीर घाइते सात जनालाई तत्काल उद्धार गरी नेपाली सेना को हवाई साधनमार्फत काठमाडौं लगिएको छ। उनीहरूको काठमाडौंस्थित अस्पतालमा उपचार भइरहेको बताइएको छ।

मृत्यु हुने दुई जनाको पहिचान खुलाउने र घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको थियो।

निर्वाचनको तयारीका क्रममा सामग्री ढुवानी भइरहेको समयमा उक्त घटना भएको जनाइएको छ।यस घटनाप्रति सम्बन्धित निकायले दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *