कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म ६ हजार २५७ मत गणना हुँदा रास्वपा उम्मेदवार कोमल ज्ञवाली १ हजार ५७१ मतसहित अग्रस्थानमा रहेकी छन्।

उनलाई पछ्याउँदै नेपाली कांग्रेसका जनकराज चौधरी १ हजार ४३४ मतसहित दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा चुनाव चिह्नसहित स्वतन्त्र उम्मेदवारी दिएका फागुराम चौधरी रहेका छन्। उनले १ हजार १८१ मत प्राप्त गरेका छन्।

नेकपा ९एमाले० का उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले ४९५ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका रामलाल डंगौरा थारुले ४४४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्र कुँवरले १५९ मत र उज्यालो नेपाल पार्टीका प्रदीप कुमार चौधरीले २४७ मत प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *