काठमाडौँ । कैलालीमा पछिल्लो समय विशेष अवसरहरूमा उपयोगी तथा दीर्घकालीन महत्वका उपहार दिने चलन बढ्दै गएको छ। यसैक्रममा मितिनी बहिनीलाई जीवन बीमा पोलिसी उपहार दिएर डिल बहादुर धामीले उदाहरणीय कदम चालेका छन्।

घोडाघोडी नगरपालिका–१ निवासी धामीले आफ्नी मितिनी बहिनी पार्वती चौधरीलाई वैवाहिक शुभकामनासहित जीवन बीमा पोलिसी उपहार प्रदान गरेका हुन्। विवाहजस्तो महत्वपूर्ण अवसरमा आर्थिक सुरक्षासँग जोडिएको उपहार दिनुले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयले बताएका छन्।

उक्त बीमा पोलिसी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी मार्फत लिइएको हो। बीमितको जोखिम कभरेज, भविष्यको आर्थिक सुरक्षा तथा दीर्घकालीन संरक्षणलाई ध्यानमा राख्दै पोलिसी उपहार प्रदान गरिएको परिवार स्रोतले जनाएको छ।

सुखड शाखामार्फत आयोजित कार्यक्रममा शाखा प्रमुख भगवती शाही र अभिकर्ता खगेन्द्र बहादुर साउदले संयुक्त रूपमा पोलिसी हस्तान्तरण गरेका थिए।

पछिल्लो समय विवाह, जन्मदिन तथा अन्य विशेष अवसरहरूमा नगद वा भौतिक सामग्रीभन्दा दीर्घकालीन लाभ दिने उपहार रोज्ने प्रवृत्ति बढ्दो क्रममा देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *