जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

सबै

राैतहटमा जेनजी युवाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्राेतः कुन्दन कुशुवाह राैतहट

रौतहट ३ फागुन — रौतहट जिल्ला परोहा नगरपालिका वडा नं. ३ तेजापाकड मा जेनजी यूवा मनिष कुशवाहाको समूहद्वारा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय वातावरण स्वच्छ राख्ने उद्देश्यले आयोजित उक्त अभियानमा यूवा, विद्यार्थीहरूको सहभागिता रहेको थियो। बिहानैदेखि सुरु गरिएको कार्यक्रममा सडक किनार, सार्वजनिक चौतारा, नाला तथा मन्दिर परिसर सफा गरिएको थियो।

कार्यक्रमका संयोजकले समाजको स्वास्थ्य राम्रो बनाउन सरसफाई पहिलो आधार भएको भन्दै यूवाहरू आफैँ अघि बढेपछि समुदायमा सकारात्मक सन्देश फैलिएको बताए। “सरसफाई सरकारको मात्रै जिम्मेवारी होइन, प्रत्येक नागरिकको कर्तव्य हो” भन्ने सन्देशसहित अभियान सञ्चालन गरिएको उनले जानकारी दिए।

स्थानीय बासिन्दाले पनि यूवाहरूको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै यस्तो कार्यक्रम नियमित रूपमा हुनुपर्ने बताएका छन्।

स्राेतः कुन्दन कुशुवाह राैतहट

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *