काठमाडौँ । कैलालीको करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको धनगढी उपमहानगरपालिका–१९ फुलवारी बस्ने २० वर्षीय बिमल चौधरी रहेको प्रहरीले जानकारी दिएको छ कैलारी गाउँपालिका–६ बेनौलीमा शुक्रबार दिउँसो विजुलीको पोलमा ट्रान्सफर्मर राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । 

गम्भीर घाइते चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *