जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

सबै

नेपाली कांग्रेसका कैलाली–३ का लागि चुनावी घोषणापत्र सार्वजनिक,  यस्ता छन याेजना

काठमाडौँ ।  नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार भिम बडुवालले मंगलबार पत्रकार सम्मेलनमार्फत आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। उनले राष्ट्रिय गौरवका परियोजना, कृषि र किसान विकास, सडक तथा पूर्वाधार, शिक्षा, स्वास्थ्य, जल तथा बाढी नियन्त्रण, पर्यटन, युवा रोजगारी, महिला र पिछडिएका समुदायको सशक्तिकरण लगायतका विषयमा योजनाहरू प्रस्तुत गरेका छन्।

बडुवालले घोषणापत्रमा कान्द्रा नदी कोरिडोर निर्माण अन्तर्गत घोडाघोडीदेखि भजनीसम्म ३८ किलोमिटर तटबन्ध निर्माण, बहुउद्देश्यीय कृषि परियोजना, घोडाघोडी ताल क्षेत्रको विकास, धार्मिक तथा सांस्कृतिक स्थलहरूको स्तरोन्नति र पर्यटन प्रवर्द्धनको योजना उल्लेख गरेका छन्। उनका योजना अनुसार सडक तथा पूर्वाधार विकासमा हुलाकी सडक स्तरोन्नति, रिङ रोड निर्माण, पुल निर्माण, बसपार्क स्थापना र आधुनिक खेलमैदान निर्माण समावेश छन्। शिक्षा क्षेत्रमा सामुदायिक विद्यालय सुधार, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार, क्याम्पस विकास र छात्रवृत्तिको व्यवस्था गरिनेछ।

स्वास्थ्य सेवामा सुधारका लागि पालिकास्तरीय अस्पताल, आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिनेछ भने खानेपानी, विद्युत र सञ्चार सेवामा गुणस्तर सुधार र पहुँच सुनिश्चित गरिने छ। युवाको रोजगारी र उद्यमशीलताका लागि विशेष कोष र तालिम कार्यक्रम सञ्चालन गरिनेछ। महिला, दलित, सुकुम्बासी, मुक्त कमैया, मुक्त कम्लहरी र अन्य पिछडिएका समुदायका लागि सामाजिक र आर्थिक सशक्तिकरण योजनाहरू पनि घोषणापत्रमा समावेश छन्।

यस्ता छन घोषण पत्र

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *