जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

सबै

कांग्रेसले डडेलधुरामा नैनसिंह महरलाई उम्मेदवार

काठमाडौं माघ ६ ।। नेपाली कांग्रेसले डडेलधुराबाट चुनाव लड्न नैनसिंह महरलाई अघि सारेको छ । सोमबार बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले महरलाई उम्मेदवार बनाएको हो।

यहाँ कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले २०४८ सालदेखि चुनाव जित्दै आएका थिए। यसपालि पनि उनले चुनाव लड्ने आकांक्षा देखाएका थिए। भर्खरै सकिएको विशेष महाधिवेशनले दिएको कांग्रेस रूपान्तरणको सन्देश खलबलिने हुँदा देउवालाई टिकट नदिइने भएको थियो।

टिकट निश्चित नभएपछि देउवा आफैले चुनाव नलड्ने बताएका छन्। उनको ठाउँमा उम्मेदवार बनाइएको महर पार्टीको केन्द्रीय सदस्य हुन्। उनी शिक्षा विभाग प्रमुख तथा पार्टीसम्बद्ध नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन्।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *