कैलाली, १२ पुष २०८२ — घोडाघोडी नगरपालिका वडा नं. ८ मा रहेको श्री तारानगर कृषि सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारण सभा झपटप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ।
साधारण सभामा प्रमुख अतिथिका रूपमा घोडाघोडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष वीरबहादुर साउदको उपस्थिति रहेको थियो। साथै पूर्व वडा सदस्य अम्मर जैसी, नेपाली कम्युनिस्ट पार्टी घोडाघोडी नगर कमिटीका नगर अध्यक्ष कर्णबहादुर बोहरा, श्री जनविश्वास कृषि सहकारी संस्था लिमिटेडका लेखा संयोजक करबिर लामिछाने, जनहित खबरका सञ्चालक रोशन रसाइली, सहकारीका उपाध्यक्ष रतन भुल तथा शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन नन्दराज भण्डारीले गरेका थिए।कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै शुभकामना मन्तव्य सहकारीका उपाध्यक्ष रतन भुलले व्यक्त गरेका थिए।
साधारण सभामा सहकारी संस्थाका व्यवस्थापक मन्नु चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको हालको कारोबार पुँजी ४९ लाख ८७ हजार ७० रुपैयाँ रहेको जानकारी गराएका थिए।
कार्यक्रममा मन्तव्य राख्दै अतिथि रोशन रसाइलीले सहकारी संस्था र शेयर सदस्यबीच नङ र मासुको जस्तो घनिष्ठ सम्बन्ध हुनुपर्ने उल्लेख गर्दै सहकारीको दीगो विकासमा सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी घोडाघोडी नगर कमिटीका नगर अध्यक्ष कर्णबहादुर बोहराले वार्षिक साधारण सभा लेखा परीक्षणको अनुमोदन, आगामी कार्ययोजना तय गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सबै शेयर सदस्यहरूको उपस्थिति अनिवार्यजस्तै रहेको धारणा व्यक्त गरे।
लेखा संयोजक करबिर लामिछानेले सहकारी संस्थाले शेयर सदस्यता वृद्धि गर्ने स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिँदै शुभकामना व्यक्त गरे।
कार्यक्रमका सभाध्यक्ष झपटप्रसाद भण्डारीले सहकारी संस्थामा निगरानी राख्नु सबै शेयर सदस्यहरूको अधिकार भएको उल्लेख गर्दै सबैले हातेमालो गर्दै संस्थालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै साधारण सभाको समापन गरेका थिए।

