काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचन शुरू भएको चार घण्टामा १० प्रतिशतभन्दा धेरै मत खसेको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म देशभर १० प्रतिशतभन्दा धेरै मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार बिहान ११ बजेसम्म १९ लाख २३ हजार ८ सय २४ मत खसेको छ । यो कुल मतदाताको १०.१८ प्रतिशत हो ।

आयोगले ६५ प्रतिशत मत खस्ने र ९९ प्रतिशत मत सदर हुने अपेक्षा गरेको छ । देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको आयोगले जनाएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।

केही ठाउँमा छिटपुट विवादबाहेक सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ । मतदान केन्द्र र बाटोघाटोमा पनि सुरक्षा व्यवस्था मजबुत भएकाले मतदाता ढुक्कसँग मतदानमा सहभागी भएका छन् । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सुरक्षा व्यवस्था मजबुत बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन आम मतदातासँग अपील गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *