काठमाडौँ । दार्चुलामा कार्यरत नेपाल प्रहरीका एक हवल्दारको शव भेटिएको छ । महाकाली नगरपालिका(४ बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिँदै सत्य(तथ्य पत्ता लगाइने बताएका छन् ।

घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *