जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

सबै

जेन-जी आन्दोलनमा ज्यान गमाएको आत्माशन्तिको कमना गर्दै हवन

काठमाडौँ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि हवन गरिएको छ। एक महिना देखि माइतीघर मण्डलामा आन्दोलनरत ‘नेत्रवाद दर्शन’ समूहले आइतबार देखि संसद् भवनको मुख्य गेट अगाडि होम–यज्ञ तथा पूजा गर्न थालेको हो।

आन्दोलनका क्रममा ज्यान गुमाएका जेन(जीहरूको सम्झना र उनीहरूको सपना पूरा गर्न यो कार्यक्रम आयोजना गरिएको समूहले जनाएको छ। आयोजक नेत्रवाद दर्शनकी अभियन्ता स्मृति राईले पूजा केवल धार्मिक अनुष्ठान मात्र नभइ देशको विद्यमान राजनीतिक र संवैधानिक समस्या समाधानका लागि गरिएको एक सांकेतिक विरोध पनि भएको बताएकी छन्

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *