कैलाली जिल्लाको घोडाघोडीमा वडास्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ। आज आइतबार एक कार्यक्रमका बिच फुटबल प्रतियोगिता सम्पन्न भएको छ । संघर्षशील गाउँले क्लबको आयोजनामा माघ १५ गते देखि सुरु भएको फुलटबल आज आइतबार समापन गरिएको छ ।

उक्त प्रतियोगितामा वडाभित्रका १२ वटा टिमहरूको सहभागिता रहेको थियो। खेलकुदमार्फत स्थानीय युवाहरूलाई सक्रिय बनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताका सल्लाहकार समिति संयोजक वीर बहादुर चौधरी रहनुभएको थियो भने क्लबका अध्यक्ष हिक्मत बहादुर शाहले कार्यक्रमको समन्वय तथा व्यवस्थापन गर्नुभएको थियो।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावत प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। समापन कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक दिशातर्फ डो¥याउने बताउँदै यस्ता कार्यक्रमलाई नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिस्पर्धात्मक खेलहरूका बीच बोगटी ढुवानी सेवा ए टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरी नगद पन्ध्र हजार पुरस्कार प्राप्त गरेको छ भने बोगटी ढुवानी सेवा बि टिमले दोस्रो स्थान हासिल गर्दै नगद १० हजार पुरस्कार हात पारेको छ।
आयोजक संघर्षशील गाउँले क्लबका अनुसार प्रतियोगिताले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै आपसी सद्भाव, अनुशासन र शारीरिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ। स्थानीय तहमा खेलकुद विकासका लागि यस्ता प्रतियोगिताले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *