निर्बाचन आयोगले सार्वजनिक गरेको विवरणमा ५७ वटा निर्वाचन चिह्न र ६३ वटा राजनीतिक दलबाट ३ हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको उल्लेख गरेको छ ।

काठमाण्डौँ ५ माघ— काठमाण्डाै, निर्वाचन आयोगले समानुपातिक निर्वाचन निर्देशिका २०८२ को दफा २५ अनुसार २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पुस १४ गते बुझाइएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको विवरणमा ५७ निर्वाचन चिह्न र ६३ राजनीतिक दलबाट ३ हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको उल्लेख गरेको छ ।

आयोगले उम्मेदवारको सूचीमा दाबी विरोध गर्न चाहनेले माघ ५ देखि १० गतेसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको कार्यालयमा उपस्थित भई दाबी विरोध गर्न सक्ने आयोगको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *