चितवन, ७ असारः रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी राष्ट्रि

रिपोर्टिङ दिपक बिक

टीकापुर ८ अषाढ // चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज दोस्रो दिनको बन्दसत्र सुरु हुँदैछ। उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा बिहान ८ बजेदेखि बन्दसत्र सञ्चालन हुने कार्यतालिका रहेको छ।बन्दसत्रमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

साथै, बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाउनेछ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार निर्वाचन सम्बन्धी औपचारिक कार्यक्रम आज दिउँसो १ बजेदेखि सुरु हुनेछ। महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली बिहान १० बजे प्रकाशन गरिनेछ भने उम्मेदवारी मनोनयन फाराम वितरण दिउँसो १ बजेदेखि सुरु हुनेछ।उम्मेदवारी दर्ताको समय दिउँसो २ बजेदेखि ४ बजेसम्म तोकिएको छ।

राति ८ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि उम्मेदवारविरुद्ध परेका दाबी–विरोधमाथि जाँचबुझका लागि एक घण्टा समय छुट्याइएको छ। राति ९ बजेदेखि १५ मिनेटसम्म उम्मेदवारी फिर्ता लिन चाहनेहरूलाई अवसर प्रदान गरिनेछ भने राति ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गरिने भए पनि सभापति पदमा वर्तमान सभापति रवि लामिछानेलाई नै निरन्तरता दिने तयारी रहेको बताइएको छ। असार ९ गते बिहान ७ बजेदेखि डेढ घण्टा मौन अवधि रहनेछ। त्यसपछि बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ।

पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुने विधानमा व्यवस्था गरिएको छ। मतदान सम्पन्न भएको करिब दुई घण्टापछि पहिलो चरणको मत परिणाम सार्वजनिक गरिनेछ। त्यसपछि अन्य पदाधिकारी पदका लागि दोस्रो चरणको मतदान प्रक्रिया सञ्चालन गरिने रास्वपाले जनाएको छ। रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण तथा भावी राजनीतिक दिशानिर्देशनको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *