रिपोर्टिङ: दिपक बिक,

टीकापुर ४असार, २०८३ कामना सेवा विकास बैंक लिमिटेडको लम्की शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कैलालीको जानकी गाउँपालिका–९, खैरिफाँटास्थित अरुणोदय माध्यमिक विद्यालयका अति विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक सहयोग गरेको छ।मंगलबार आयोजित एक कार्यक्रममा बैंकले विद्यालयमा अध्ययनरत २८ जना अति विपन्न विद्यार्थीलाई विद्यालय पोसाक, झोला तथा विभिन्न स्टेसनरी सामग्री वितरण गरेको हो।

साथै विद्यालयको पुस्तकालय व्यवस्थापन तथा विद्यार्थीहरूको अध्ययन संस्कृतिलाई थप प्रभावकारी बनाउन विभिन्न विधाका पुस्तकहरू समेत हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक कपिलराज भाटले जानकारी दिए। विद्यालयका अनुसार उक्त सहयोगले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक निरन्तरतामा सकारात्मक प्रभाव पार्नुका साथै अध्ययनप्रति उनीहरूको उत्साह र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।यस अमूल्य सहयोगका लागि अरुणोदय माध्यमिक विद्यालय परिवारले कामना सेवा विकास बैंक लिमिटेडप्रति हार्दिक आभार व्यक्त गरेको छ।

विद्यालयले बैंकको निरन्तर प्रगति, व्यावसायिक सफलता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी रूपमा अगाडि बढून् भन्ने शुभकामना समेत व्यक्त गरेको छ।स्थानीय शिक्षाप्रेमीहरूका अनुसार यस्ता सहयोगमूलक कार्यक्रमले विपन्न तथा सीमान्तकृत वर्गका बालबालिकालाई नियमित विद्यालय उपस्थित भई गुणस्तरीय शिक्षा हासिल गर्न महत्वपूर्ण टेवा पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *