सुखड, २४ जेठ २०८३। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ जरहीमा सामाजिक अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रसन्न राज चौधरी को नेतृत्वमा खटिएको ५ सदस्यीय प्रहरी टोलीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो। उक्त कार्यक्रममा राजी समुदायका स्थानीयको सहभागिता रहेको थियो।

उक्त कार्यक्रमका अवसरमा बालबालिकाहरूलाई अध्ययन सामग्री स्वरूप २५ वटा कापी तथा सिसा कलम वितरण गरिएको प्रहरीले जनाएको छ। साथै कार्यक्रममा सामाजिक अपराध, बालअधिकार, बालविवाह, घरेलु हिंसा, लागूऔषध दुर्व्यसन तथा समुदायमा हुन सक्ने विभिन्न सामाजिक विकृतिविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको थियो।

प्रहरी र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सामाजिक अपराध न्यूनीकरणमा समुदायको सक्रिय सहभागिता बढाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *